सेक्युरिटी प्रेस, एमडीएमएस, टेरामक्समा व्यापक भ्रष्टाचार भएको दाबी

Ghorahi cement

 

काठमाडौं । सेक्युरिटी प्रिन्टिङ प्रेस, टेरामक्स र एमडीएमएस मुलुकका लागि आवश्यक भए पनि यसको खरिद प्रक्रियामा सरकारी अधिकारीहरु इमानदार नभएको आरोप युवाहरुले लगाएका छन् ।

 

राजधानीमा मंगलबार पत्रकार सम्मेलन गर्दै उनीहरुले मुलुकलाई आवश्यक प्रणाली खरिदमा सरकार पारदर्शी हुन नसक्दा भ्रष्टाचार बढेको टिप्पणी उनीहरुले गरे । डा. निकोलस भुसालले सेक्युरिटी प्रिन्टिङ प्रेस, मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) र टेरामक्स प्रणालीमा व्यापक घोटाला भएको आरोप लगाए ।

 

सरकारका उच्चपदस्थ अधिकारीहरुकै संलग्नतामा भ्रष्टाचार भइरहेको दाबी उनले गरे ।

 

टेरामक्स खरिद प्रक्रियालाई सर्वोच्च अदालतले कानुनसम्मत् रहेको र आवश्यक प्रक्रिया अगाडि बढाउनू भनेर आदेश दिएको अवस्थामा पनि प्रधानमन्त्री पुष्पकमल दाहालले यसलाई रोक्न चाहिरहेको उनले दाबी गरे ।

 

सेक्युरिटी प्रिन्टिङ प्रेसका लागि समेत ४ अर्ब बुझाइसकिएको उनले बताए । प्रिन्टिङ प्रेस नेपालमा ल्याएर राखिएको र काम चाहिँ विदेशका अन्य कम्पनीलाई दिइराखिएको उनले बताए ।

 

इन्जिनियर सञ्जोग नेपालीले नेपालका लागि सेक्युरिटी प्रिन्टिङ प्रेस, टेरामक्स र एमडीएमएस आवश्यक रहेको उनले बताए । प्राइभेसीका हिसाबले सेक्युरिटी प्रिन्टिङ प्रेस अत्यावश्यक रहेको उनले बताए ।

 

एमडीएमएसमार्फत फोनहरुलाई कन्ट्रोल नगरे विभिन्न अपराधहरुले बढावा पाउने उनको दाबी छ । टेरामक्स टेलिकम्युनिकेसनका लागि एकदमै आवश्यक रहेको बताए । पारदर्शिता, राजस्व र कल डिटेल, नेटवर्क मनिटरिङ लगायतका विषयका लागि नेपालमा टेरामक्स प्रणाली आवश्यक रहेको उनले बताए ।

 

युवा वैज्ञानिक कपिल पौडेल, अभियन्ता एसके तिमिल्सिना, डा.सागर ढकाललगायतले सेक्युरिटी प्रिन्टिङ प्रेस, टेरामक्स र एमडीएमएसको आवश्यकताबारे प्रष्ट पारेकाथिए ।

Shangri-la Development Bank Ltd.
Nepali patro