गोगंबुको होटल बाल कुमारीमा सहित ,अन्य ३ जना मृत अवस्थामा फेला 

काठमाडौं। बारा, कलैया उपमहानगरपालिका-१६ दोहरीस्थित पोखरीमा माछा मार्न आएका भारत पूर्वी चम्पारण बस्ने ४५ वर्षीय विरन सहनी आफू सुत्ने ठाउँमा बुधबार मृत अवस्थामा फेला परेका छन् ।

 

त्यस्पाँतै चथर, कुम्मायक गाउँपालिका-१ फिक्कलस्थित गणेश श्रेष्ठको घरको आँगनमा सोही गाउँपालिका-१ गैरीगाउँ बस्ने ५५ वर्षीय सिंह बहादुर तामाङ बुधबार मृत अवस्थामा फेला परेका छन् ।

 

त्यस्तै काठमाडौं महानगरपालिका-२६ गोगंबु नयाँबसपार्कस्थित होटल बाल कुमारीमा ललितपुर महानगरपालिका-२३ धापाखेल घर भएका ४४ बर्षीय निरज कुमार बस्नेत बुधबार मृत अवस्थामा फेला परेका छन् ।

 

साथै नवलपरासी पश्चिम, सुनवल नगरपालिका-७ ज्यामिरेस्थित ज्यामिरे सामुदायिक जंगलमा रुपन्देही देवदह नगरपालिका-११ पूर्व विर्ता बस्ने ६५ वर्षीय शिवनाथ तिवारीको शव बुधबार सडिगलेको अवस्थामा फेला परेको छ ।

 

कालिकोटको शुभकालिका गाउँपालिका-४ ढाडुखाँडा घर भई खाँडाचक्र नगरपालिका-४ ऐरेडा बस्ने ४५ वर्षीय धनिराम चौलागाँई शुभकालिका गाउँपालिका-२ भर्तागाडस्थित तिला नदीमा बुधबार मृत अवस्थामा फेला परेका छन् । सोही ठाउँस्थित तिला नदीमा माछालाई हालेको पासो निकाल्ने क्रममा ढुङगाबाट चिप्लन गई नदीमा खसेका उनको खोजी गर्ने क्रममा शव फेला परेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

Shangri-la Development Bank Ltd.
Nepali patro