धादिङका इज्जत दनै सहभागी यु १९ भलिबलमा नेपालकाे विजयी सुरुवात

13.4K
shares
Nabil bank

धादिङ ।बङ्गलादेशको राजधानी ढाकामा सुरुभएकाे आमन्त्रित अन्तर्राष्ट्रिय भलिबल यु–१९ प्रतियोगितामा नेपाली टाेलीकाे विजयी सुरुवात भएकाे छ ।

नेपालले माल्दिभ्सलाई ३-१ को सेटमा पराजित गरेकाे हाे ।

नेपालले मालदिभ्सलाई २३-२५, २५-१९, २५-१३, र २५-२१ काे सेटमा पराजित गरेकाे छ ।

शनिबार रातीकाे खेल बंगलादेश र नेपाल बिच हुने छ ।

नेपाली टाेलीमा खेलाडी तर्फ इज्जत दनै, सुरेश मल्ल, यज्ञराज जोशी, अबिशेक थापा, पुष्कल थापा, दिपेन थापा, पहल गहतराज, राजकुमार रोकाया, सुनिल बोहरा, शशि पुलामी मगर र भुवन तामाङ रहेका छन् ।

त्यसैगरि टिम व्यवस्थापनमा उत्सव खड्का प्रशिक्षक, जनक बहादुर खड्का सहायक प्रशिक्षक र दीपक थापा म्यानेजर रहेका छन् ।

नेपालभरबाट छनोट भएकाले खेलाडीहरूलाई कुनै पनि सरकारी निकायको सहयोग विना नै आर्थिक व्यवस्थापन गरेर बङ्गलादेश पठाइएको बताईएकाे छ ।

ईज्जत् दनै पनि सहभागि

धादिङका ईज्जत् दनै आधारभुत वर्गबाट संघर्ष गर्दै धादिङकाे एड्भान्न्स एकेडेमीबाट एसइइसंग भलिबल समेत सिकेकाे विद्यालयका अर्जुनकुमार श्रेष्ठले बताउनुभयाे ।

विद्यालय तहकाे खेलकुदमा समेत दनैले उत्कृष्ट खेलाडिकाे रुपमा प्रस्तुत हुँदै अाएका थिए ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x