सिडिओसहित उपसचिव र सहसचिवहरुको सरुवा

1.6K
shares

काठमाडौँ । दुई जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ)को सरुवा भएको छ । गृह मन्त्रालयले लमजुङ र बाराका प्रजिअलाई गृह मन्त्रालयमा तानेर त्यहाँ नयाँ प्रजिअ खटाएको हो ।

 

प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त जानकारी अनुसार लमजुङका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीलाई मन्त्रालयमा सरुवा गरेर उमाकान्त अधिकारीलाई लमजुङको सिडिओ बनाई पठाइएको छ । उनी त्यहाँ मन्त्रालयको कन्ट्रोलमा कार्यरत थिए ।

 

 

 

त्यसैगरी बाराका प्रजिअ नवराज सापकोटालाई गृहमा तानेर केही दिनअघि मात्रै स्याङ्जाबाट मन्त्रालय आएका शशिधर घिमिरेलाई पठाइएको छ ।

 

लमजुङका प्रजिअको अवधि पुगिसकेको र बारामा अर्को खटाउनु पर्ने ‘आवश्यकता’ देखिएकोले सरुवा गरिएको जानकारी प्राप्त भएको छ ।

 

मन्त्रालयको कन्ट्रोल हेर्दै आएका उपसचिव अधिकारी प्रजिअ भई गएसँगै त्यहाँ मन्त्रालयमै कार्यरत वरिष्ठ उपसचिवलाई खटाउने तयारी भइरहेको छ । सम्भवतः आउँदो साता जिम्मेवारी दिइने छ ।

civil hospital
Hams Hospitals