ज्योति विकास बैंकको १६औं साधारण सभा सम्पन्न

Ghorahi cement

काठमाडौं । ज्योति विकास बैंकको १६औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । पुस २९ गते आइतबार काठमाडौंको नक्सालमा सम्पन्न भएको उक्त सभाको अध्यक्षता सञ्चालक समितिका अध्यक्ष हरिचन्द्र खड्काले गरेका हुन् ।

 

सभाले बैंकको सर्वसाधारण सेयरधनी समूहतर्फबाट प्रतिनिधित्व गर्ने महिला सञ्चालक पदमा मन महर्जनलाई आगामी ४ वर्षको लागि निर्विरोध निर्वाचित गरेको छ ।

 

 

त्यस्तै, सभाले बैंकको आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्नुका साथै लेखा परीक्षकको प्रतिवेदन सहित २०८० आषाढ मसान्तसम्मको वासलात, नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरू उपर छलफल गरी स्वीकृत गर्नुका साथै बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

 

बैंकको आर्थिक वर्ष २०८०/८१ को लेखापरिक्षण गर्न लेखा परीक्षक नियुक्ति गर्नुको साथै बैंकको सहायक कम्पनी ज्योति क्यापिटलको आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण सहितको बैंकको एकीकृत वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ ।

 

समीक्षा अवधिमा यस बैंकले नेपाल सरकारलाई राजश्वमा जम्मा ६२ करोड ७५ लाख रुपैयाँको उल्लेखनीय योगदान पुर्याएको छ । संस्थागत शुशासनलाई शिरोपर गरी ग्राहकवर्ग, कर्मचारी, नियामक निकाय, सेयरधनी र समग्र सरोकारवालाको हक हितमा योगदान पुर्याउन ज्योति विकास बैंक सदैव प्रतिवद्ध रहेको बताइएको छ ।

 

हाल विकास बैंकको चुक्ता पुँजी ४ अर्ब ३९ करोड रुपैयाँ छ । बैंकले हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएममार्फत बैंकिङ्ग सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

Nepali patro