ग्लोबल आइएमई बैंकको नाफा २ अर्ब ४ करोड

1.5K
shares

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले नाफा २ अर्ब ४ करोड रुपैयाँ गरेको छ । बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गर्दै आफ्नो नाफा सार्वजनिक गरेको हो ।

 

 

बैंकको ३६ अर्ब १२ करोड ८७ लाख रुपैयाँ चुक्ता पूँजी रहेकोमा जगेडा कोषमा २० अर्ब ७३ करोड ९१ लाख रुपैयाँ सञ्चित छ। पुसको अन्त्यसम्ममा बैंकले ४ खर्ब ५४ अर्ब २४ करोड रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब ६४ अर्ब ७४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

 

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २६.५७ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ७८ करोड रुपैयाँ खुद नाफा कमाएको थियो। खुद ब्याज आम्दानी र कुल सञ्चालन आम्दानी बढेपनि इम्पेरमेन्ट चार्ज बढेसँगै बैंकको खुद नाफा घट्न पुगेको हो।

 

बैंकले चालू आवको ६ महिनामा खुद ब्याज आम्दानी ३७.९९ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी ४४.५४ प्रतिशत बढाएको छ। त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ३९.२२ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा २५.०८ प्रतिशत घटेको छ।

civil hospital
Hams Hospitals