विकास बैंकहरुको नाफा दोहोरो प्रतिशतमा गिरावट

1.1K
shares
Shine resunga department bank

काठमाडौ । अधिकांश विकास बैंकहरुको नाफा दोहोरो प्रतिशतमा घटेको छ । अर्थतन्त्रमा आएको सुस्तताका कारण कर्जा असुली प्रभावित हुँदा विकास बैंकको नाफामा त्यसको असर पुगेको हो । यस्तै यस अवधिमा विकास बैंकहरुको कर्जा विस्तारमा समेत सुस्तता छाएको छ भने कर्जा लगानी घट्दा खुद ब्याज आम्दानीसँगै नाफा घट्न पुगेको हो ।

 

पुससम्मकाे अपरिष्कृत वित्तीय विवरणका अनुसार पन्ध्र विकास बैंकहरुको खुद नाफा २ अर्ब ९ करोड ७० लाख ९३ हजार रुपैयाँ रहेको छ । बाह्र ओटा विकास बैंकले २ अर्ब ३५ करोड नाफा कमाएकोमा तीन बैंकको घाटा २५ करोड २९ लाख ९३ हजार बराबर रहेको छ । विसं २०८० पुससम्मको नाफा अघिल्लो पुसको तुलनामा ११.६९ प्रतिशतले घटेको हो । विसं २०७९ पुससम्ममा समग्रमा १५ विकास बैंकले २ अर्ब ३७ करोड ४६ लाख ८० हजार रुपैयाँ नाफा कमाएका थिए । २०७९ पुससम्ममा १३ विकास बैंकले २ अर्ब ६५ करोड ५९ लाख नाफा कमाएकोमा सो अवधिमा दुई विकास बैंकको घाटा २७ करोड १२ लाख ४३ हजार थियो ।

 

 

चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिसम्मको वित्तीय विवरण सार्वजनिक गरेका १५ विकास बैंकमध्ये अघिल्लो पुसको तुलनामा ११ ओटाको नाफा घटेको छ भने ४ ओटाले मात्र बढाएका छन् । समीक्षा अवधिमा ग्रीन डेभलपमेन्ट बैंकले सबैभन्दा धेरै ३४५ प्रतिशतले नाफा वृद्धि गर्दा ज्योति विकास बैंकले १९०, कामना सेवा विकास बैंकले ३२.१९ र गरिमा विकास बैंकले २.०८ प्रतिशतले नाफा बढाएको छ ।

 

तथ्याङ्क अनुसार नारायणी डेभलपमेन्ट बैंकको खुद नाफा सर्वाधिक ४८४ प्रतिशतभन्दा धेरैले घटेको छ । यसैगरी एक्सेल डेभलपमेन्ट बैंकले ४००, सिन्धु विकास बैंकको २३४, सप्तकोशी डेभलपमेन्ट बैंकको ५२, सांग्रिला डेभलपमेन्ट बैंकको ३९, मुक्तिनाथ विकास बैंकको ३२, कर्पोरेट डेभलपमेन्ट बैंकको २२, लुम्बिनी विकास बैंकको १८, मितेरी डेभलपमेन्ट बैंकको १७, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको १३ र महालक्ष्मी विकास बैंकको खुद नाफा २०७९ पुस मसान्तसम्मको तुलनामा १२ प्रतिशतभन्दा बढीले घटेको हो ।

Sharestha treating