जसको सामाजिक सञ्जाल पुस्तकालय सरह छ
वि.सं.२०८० माघ ११ बिहीवार
shares
डा.दामोदर रेग्मी लेखन क्षेत्रमा चीर परिचित नाम हो । विविध विषयमा उनका लेखहरु नियमित रुपमा आउने गर्दछन् । स्कूलमा निवन्ध कविता लेख्ने उनी कलेज देखि नै लेखकको रुपमा परिचित भइसकेका थिए । अर्थशास्त्र, सार्वजनिक वित्त व्यवस्थापन, व्यवस्थापन, राजस्व प्रशासन, सार्वजनिक प्रशासन, प्रशासनका उदीयमान सन्दर्भहरु उनका लेखका मुख्य क्षेत्रहरु हुन् ।
संघीयता र वित्तीय संघीयताका विविध आयाममा उनका दर्जनौ लेखहरु प्रकाशित भएका छन् । एक हजार भन्दा बढी लेखहरु र दर्जनौ पुस्तकहरुमा एउटा स्थपित लेखकको रुपमा यसको प्रतिविम्व देख्न पाइन्छ। अहिले उनी गीतकारको पहिचानमा समेत स्थापित भएका छन् । उनका लेख नपढ्ने पाठक कमै छन् अझ विश्व विद्यालय र विविध प्रतिस्पर्धात्मक परीक्षाको तयारीमा रहनेहरु उनका लेखहरु नछुटाइ पढ्ने गर्दछन् ।
कुनै पाठकले सीधै प्रकाशित श्रोतमा उनका लेखहरु पढ्ने अवसर नजुटे उनकै फेसबुक पेज डि रेग्मी मिनी इ लाइव्रेरी र उनका नाममा रहेका सामाजिक सञ्जालहरुमा नियमित पढ्न पाइन्छ। उनका यस्ता केही लेखन सामग्रीहरु उनको युट्यूव च्यानलमा हेर्न र सुन्न पनि सकिन्छ । उनका दिनहुं जसो आउने लेखहरुले तुरुन्त सामाजिक सञ्जालमा स्थान पाइहाल्छ ।
उनका सवै सामाजिक सञ्जालहरु पुस्तकालय सरह छन् जहां धेरै जसो विषयका लेखहरु हेर्न र पढ्न सकिन्छ चाहेका विषयहरु खोज्न पनि सकिन्छ । आफ्ना लेखहरु सामाजिक सञ्जालमा राख्दा पाठकहरुले लेखमा सहज पहुंच प्राप्त गर्ने र सोही माध्यमवाट नियमित रुपमा पृष्ठपोषण पनि प्राप्त हुने कारणले उनी यसवाट रमाइलो अनुभव भैरहेको पनि वताउंछन्। धेरैले सन्दर्भ सामग्रीको रुपमा यी लेखहरुलाई प्रयोग गर्ने गरेको र यस्ता लेखको लागि आफ्नो सामाजिक सञ्जाललाई श्रोत वनाएको उनी वताउंछन् ।
यसैले संभव भए सम्म सो पेजमा अनलाइन र हार्डकपीमा प्रकाशित भएका लेखहरु पनि नियमित रुपमा राख्ने गरेको उनी बताउंछन्। पाठकहरुले लेख रुचाइदिनु भएको छ सुझावहरु दिने गर्नु भएको छ यसमा आनन्द प्राप्त हुने गरेको उनी बताउंछन्। । उनका लेखहरु छाप्न धेरै अनलाइन पोर्टल र अधिकांश जर्नलहरुवाट माग आउने गरेको उनी बताउंछन् ।
केही अनलाइन पोर्टलहरुमा लेखहरु साभार वा पुनप्रकाशन समेत हुने गरेको छ । अनलाइन र प्रिन्टेड रुपमा छापिएका सवै जसो सामग्रीहरु तत्कालै आफ्ना सामाजिक सञ्जालमा राख्न उनी रुचाउंछन् किनकी यसवाट पाठक र शुभेच्छुकहरु संग नियमित सम्पर्क कायम हुन सक्दछ । सामाजिक सञ्जालमा पाठकहरुले जनाएका सवै प्रतिक्रियाहरुको उनी छुट्टाछुट्टै रेस्पोन्स पनि गर्ने गर्दछन् । फेसबुक पेज डि रेग्मी मिनी इ लाइव्रेरी र अन्य सञ्जालहरुमा जोडिएर आफ्ना लेखमा पहुंच कायम गर्न सकिने उनी बताउंछन् ।
साथै सर्च इन्जिनवाट पनि लेखहरु खोज्न र पाउन सकिन्छ । कहिलेकाहीं लेखहरु आउन केही ढिलो भए पाठकहरुवाट किन ढिलो भयो भन्ने जिज्ञासा पनि आउने गर्दछन् यस कारणले पनि आफू लेखनमा रमाइरहेको र छापिएका लेखहरु सञ्जालमा राख्ने गरेको उनी बताउंछन् । केही नयां शीर्षकहरुमा पाठकवाट अनुरोध आउने गरेको कारणले पनि लेखिएको उनी बताउंछन् । पाठक संगको यो सम्बन्धलाइ सुमधुर र नियमित बनाउन लेखहरुलाई सामाजिक सञ्जालमा राखिएको उनी बताउंदछन् । प्रकाशित लेख आफै सार्वजनिक भैसकेको हुन्छ यसलाई सामाजिक सञ्जालमा राखिदा यसको व्यापकता अझै बढ्न जान्छ लेखको एउटा निश्चित उद्देश्य हुने र पाठक पनि हुने हुनाले सो वर्गमा यसको सहज पहुंच हुनु आवश्यक हुन्छ उनी भन्छन् ।
यो सम्बन्धले शुरुमा भर्चुअल मित्र वनाएको र पछि ती भर्चुअल मित्रहरु आत्मीय भौतिक मित्रमा रुपान्तरण भएको उनी स्मरण गर्दछन् । कैयन साथीहरुसंग लामो समय देखि भौतिक रुपमा देखभेट हुन नपाए पनि आत्मीय भर्चुअल सम्बन्ध रहेको उनी वताउंछन् । अनलाइनहरुमा प्रकाशित आफ्ना लेखहरु संकलन गरि धेरै पाठकहरुले बाइन्डिंग कपी बनाएको जानकारी पाउंदा उनी खुशी व्यक्त गर्दछन् । मुद्रित प्रकाशनको लागि इमेल मार्फत लेख माग्ने तर प्रकाशन भएपछि प्रकाशित कपी उपलब्ध नगराइदिने प्रवृत्ति अलि बढ्दै गएकोमा उनी दुख व्यक्त गर्दछन् लेखकलाई आफ्नो लेख छापिएको हेर्ने अति रहर हुन्छ तर सो देख्न नपाउदा वा अरुको कपीमा हेर्नु पर्दा खिन्न लाग्ने उनी वताउंछन्, जन्मिएको वच्चा शुरुमै आमालाई देख्ने रहर हुन्छ लेखकका लागि आफ्ना प्रकाशित लेखहरु बच्चा सरह हुन्।
शुभेच्छुक पाठकहरुको सुझाव बमोजिम सामाजिक सञ्जालको नाम मिनी इ लाइव्रेरीमा परिवर्तन गरिएको उनी वताउंदछन् । सामाजिक सञ्जालवाट निर्माण भएको मित्रताको यो पुञ्ज आफ्नो लागि सदासर्वदा उत्प्रेरणाको श्रोत रहेको र यसवाट आनन्द मिलिरहेको डा. रेग्मी वताउंछन् ।





























