आज माघ १३ गते शनिबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस्

27.6K
shares
Nabil bank

 

मेष – ARIES

चु, चे, चो, ला, लि, लु, ले, लो, अ

अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। साझेदारीमा देखिएका समस्या सुल्झाउन सकिनेछ। साथीभाइ र सहयोगीहरूले साथ दिनेछन्। पहिलेको दुविधाले निर्णायक मोड लिनेछ। भौतिक सुख–सुविधा प्राप्त हुनेछ। घरेलु प्रयाेजनका विशेष सामान जुटाउन सकिनेछ। पशुधन र कृषि–व्यवसायतर्फ मनग्य लाभ हुनेछ।

 

वृष – TAURUS

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

परिस्थितिवश चिताएको काम रोकिन सक्छ। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। मौका आए पनि काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। व्यवसायमा बाधा पुग्नेछ भने अरूका लागि बुद्धि खर्चनुपर्ने देखिन्छ। व्यवसायभन्दा सेवामूलक कामबाट राम्रो उपलब्धि प्राप्त हुनेछ। तत्काल ठूलो फाइदा नदेखिएकाले लाभ उठाउन हतार नगर्नुहोला।

 

मिथुन – GEMINI

का, कि, कु, घ, ङ, छ, के, को, ह

सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। बोलीको भरमा चिताएको काम बन्नेछ। आफ्नो क्षेत्रमै प्रभाव जमाउन सकिनेछ भने सम्मानित स्थान प्राप्त हुन सक्छ। तारिफयोग्य कामले राम्रो उपलब्धि दिलाउनेछ। सानो प्रयत्नले फाइदा बढ्नेछ। व्यापारमा पनि प्रशस्त लाभ हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। दाम र नाम कमाउने समय छ।

 

कर्कट – CANCER

हि, हु, हे, हो, डा, डि, डु, डे, डो

आकर्षक पहिरन र तारिफयाेग्य कामले चर्चित भइनेछ। बिछोडिएका आफन्तसँग भेटघाटको अवसर जुट्नेछ। रमाइलो जमघटको आनन्द प्राप्त हुनेछ। विशेष उपहार प्राप्त हुन सक्छ। भौतिक साधन जुट्नाले जीवनशैलीमा परिवर्तन आउनेछ। मित्रता र प्रेमको बन्धन कसिलो हुनेछ। आफन्तकाे स्नेह, सत्कार तथा सम्मान प्राप्त हुनेछ। प्रयत्न गर्दा दिगाे काम थालनी हुनेछ।

 

सिंह – LEO

मा, मि, मु, मे, मो, टा, टि, टु, टे

फाइदाका लागि केही वस्तु त्याग्नुपर्ला। आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ। लामो यात्रा गर्ने अवसर प्राप्त हुनेछ। आफ्नाबाट भने टाढिनुपर्ने हुन सक्छ। केही खर्च लागे पनि यात्राको प्रक्रिया अघि बढ्नेछ। लगानी बढाउनुपरे पनि प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला।

 

कन्या – VIRGO

टो, प, पि, पु, ष, ण, ठ, पे, पो

मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। आयआर्जनका स्रोत बढ्नेछन् र प्रतीक्षित नतिजाले पनि उत्साह जगाउनेछ। दैनिक काममा उल्लेख्य फाइदा हुनेछ। व्यापारमा थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ। प्रयत्न गर्दा छोटो समयमै काम बनाउन सकिनेछ। नयाँ कामतर्फ अग्रसर भइनेछ। आम्दानी बढ्नाले दैनिकीमा पनि परिवर्तन आउन सक्छ।

 

तुला – LIBRA

र, रि, रु, रे, रो, ता, ति, तु, ते

पुराना कामको चर्चा हुनेछ भने मिहिनेत गर्दा उपलब्धिको स्रोत प्राप्त हुनेछ। तर, अरूका काममा समय खर्चनुपर्दा आफ्ना काम रोकिन सक्छन्। सामाजिक उत्तरदायित्व प्राप्त भए पनि जिम्मेवारी पूरा गर्नमा बाधा हुनेछ। परिस्थितिवश आफन्तबाट टाढिनुपर्ने हुन सक्छ। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्, सजग रहनुहोला।

 

वृश्चिक – SCORPIO

तो, ना, नि, नु, ने, नो, या, यि, यु

धर्ममा श्रद्धा र परोपकारमा मन जानेछ। नयाँ जिम्मेवारी प्राप्त हुनेछ। व्यापार-व्यवसायमा पनि प्रशस्त फाइदा हुनेछ। विशेष अवसरले मन प्रफुल्लित हुनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। भाग्यले विशेष अवसर दिलाउनेछ। समस्या र चुनौती समाप्त हुनेछन्। नाम र दाम हातलागी हुनेछ। योजना पूर्ण नभए पनि आर्थिक लाभ अवश्य हुनेछ।

 

धनु – SAGITTARIUS

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

पहिलेका समस्या दोहोरिनाले अलमल बढ्न सक्छ। हल्लाको पछि लाग्दा दु:ख पाइनेछ। गोपनीयता बाहिरिनाले पनि काममा समस्या आइपर्ला। स्वास्थ्यसम्बन्धी चिन्ताले सताउन सक्छ। परिस्थितिवश आँटेको काममा बाधा हुन सक्छ। आफ्ना कामबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। अरूकै लागि बुद्धि र श्रम खर्चनुपर्ला। योजना अधुरै रहने सम्भावना छ।

 

मकर – CAPRICORN

भो, ज, जि, खि, खु, खे, खो, गा, गि

भेटघाट र खानपानमा अलमल हुने समय छ। बुद्धिले काम लिँदा योजना कार्यान्वयनमा आउनेछ। तर अरूको मुख ताक्ने बानीले आफ्नो काम राेकिन सक्छ। शुभचिन्तकहरूको भावना बुझेर अघि बढ्नुहोला। खर्च लागे पनि साेखले मालमत्ता जुटाउन प्रेरित गर्नेछ। पहिलेको सफलताले हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्।

 

कुम्भ – AQUARIUS

गु, गे, गो, सा, सि, सु, से, सो, द

स्वास्थ्यसम्बन्धी चिन्ताले सताउन सक्छ। आफ्ना काममा अरूको भरपर्दा दु:ख पाइनेछ। बलभन्दा बुद्धिको उपयोगले फाइदा दिलाउनेछ। अवसरको खोजीमा आफन्त र परिवारबाट टाढिनुपर्ने हुन सक्छ। सत्कार्यमा शुभचिन्तकहरूको साथ पाइनेछ। पछिका लागि खर्चको जोहो गर्नुपर्ला। प्रतिस्पर्धी पराजित हुनेछन्। द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्।

 

मीन – PISCES

दि, दु, थ, झ, ञ, दे, दो, च, चि

प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। प्रयत्न गरेका काम सजिलै सम्पादन हुनेछन्। सेवामूलक कामबाट धनलाभ हुनेछ। स्वास्थ्य सबल रहनेछ। अध्ययनमा प्रगति हुनुका साथै ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। समय लागे पनि तारिफयोग्य कामले अरूको उपकार गर्न सकिनेछ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x