skip this Bajaj motar bike

सीसीटिभी क्यामेरा जताजतै, भएन केही उपलब्धि !

1.9K
shares

 

जनताले तिरेको करबाट सडकमा सरकारले सीसीटिभी क्यामेरा जडान गरेको छ । सीसीटिभी क्यामेरा जडान गर्दा नै जनताले तिरेको अर्बो कर खर्चिएको छ । र, त्यो जडान गर्दा कमिशन वा भ्रष्टाचार हुने कुरा छुट्टै छ । सरकारले सडकमा सीसीटिभी क्यामेरा त जडान गरेको छ ।

 

तर, त्यो राखेर पनि न त अपराधी समात्न सकेको छ न त सवारी दुर्घटना नै कम भएको छ । अहिले पनि ‘नो पार्किङ्ग’ लेखिएको ठाउँमा सवारीसाधन पार्किङ्ग गर्ने क्रम जारी नै छ । हरेक सरकारी कार्यालयमा सीसीटिभी क्यामेरा जडान गरिएको छ । यद्यपि, न त जनताको काम छिटोछरितो रुपमा भइरहेको छ न त भ्रष्टाचार वा घुस लिने काम नै रोकिएको छ ।

 

सरकारको स्वीकृतिबिना कुनै व्यक्ति वा संस्थाले आफ्नो घर वा संस्थामा सीसीटिभी क्यामेरा जडान गर्न नपाउने कानूनमा उल्लेख छ । पछिल्लो समय धेरैजसो व्यक्ति तथा संस्थाले आफ्नो घर वा कार्यालयमा सीसीटिभी क्यामेरा जडान गरेका छन् । तर, सरकारको स्वीकृतिबिना ।

 

यो गैरकानूनी काम हो । सीसीटिभी क्यामेरा राखेर आफुलाई धनी देखाउने, बाटोमा हिँडिरहेका व्यक्तिहरुको भिडियो रेकर्ड गरेर सामाजिक सञ्जालमा भाइरल बनाउनेलगायत काम भइरहेका छन् । सरकारले पत्रकारितालाई राज्यको चौथों अंगको रुपमा राखेको छ । तर, सञ्चारकर्मीले समेत कुनै पनि व्यक्तिको बिना अनुमति फोटो खिच्न पाउँदैन ।

 

सार्वजनिक पद धारणा गरेकाबाहेक बाटोमा हिँडिरहेका व्यक्तिहरुको फोटो खिच्नु परेमा सञ्चारकर्मीले त्यस्ता व्यक्तिसँग अनुमति लिनुपर्ने प्रावधान छ । अनि आफ्नो घर वा संस्थामा सीसीटिभी क्यामेरा राखेर बाटोमा हिँडिरहेको जोकोहीको पनि फोटो, भिडियो रेकर्ड गर्ने तथा सामाजिक सञ्जालमा भाइल बनाइदिने अनुमति व्यक्ति तथा संस्थालाई कसले दियो ?

 

अनुमतिबिना कति व्यक्ति तथा संस्थाले आफ्नो घरमा सीसीटिभी क्यामेरा जडान गरेका छन् ? भनेर सरकारसँग तंथ्याक छैन । वडा, नगरपालिका, प्रहरी चौकी पनि यस विषयमा मौन देखिएको छ । अहिले सानो चिया पसलमा समेत सीसीटिभी क्यामेरा जडान गरिएको दखिन्छ । यो उसको आवश्यकता होइन ।

 

तर, शान देखाउन सीसीटिभी क्यामेरा गरी बाटो हिँडिरहेका व्यक्तिहरुको दृश्य राखिरहेको भेटिन्छ । बैंक तथा वित्तिय संस्था, भाटभटेनी, सुपरमार्केट, बिग मार्ट, हार्डवेयर पसलहरुमा पनि सीसीटिभी क्यामेरा जडान गरिएको पाइन्छ ।

 

यीनीहरुले पनि सरकारको स्वीकृतिबिना क्यामेरा जडान गरेका हुन् । जसले गर्दा राज्यले यसबाट एक सुको कर पनि पाएको छैन । सरकारले यसप्रति ध्यान नदिँदा पछिल्लो समय केही व्यक्ति तथा संस्थाले सीसीटिभी क्यामेराका दुरुपयोग गरिरहेका छन् । क्यामेरा जडान गरी अरुका दृश्य कैद गर्ने र ब्याल्कमेल गर्ने काम भइरहेको छ ।

 

सार्वजनिक स्थल, मठमन्दिरमा सीसीटिभी क्यामेरा राखिएको छैन । जसले गर्दा सार्वजनिक स्थलमा लुटपाट हुने तथा मठमन्दिरमा भक्तजनहरुको विभिन्न सामग्री हराउने क्रम बढ्दो छ । तर, यस्तो ठाउँमा न त सरकारले सीसीटिभी क्यामेरा जडान गरिदिन्छ न त कुनै व्यक्ति तथा संस्थाले ।

 

नेपाल प्रहरीले सडकमा सीसीटिभी क्यामेरा जडान गरेमा अपराधी र सवारी दुर्घटनामा संलग्नलाई समात्न सजिलो हुने भन्दै सरकारसँग बजेट माग्यो । र, सरकारले करोडौं बजेट दियो । तर, क्यामेरा जडान गरेपनि न त लुटपाट, चोरीका घटना घटेका छन् न त प्रहरीले अपराधीलाई छिटो समात्न सकेको छ ।

 

अनि क्यामेरा राखेको के फाइदा भयो ? तत्कालिन अर्थमन्त्री जर्नादन शर्माले आर्थिक वर्ष २०७८÷०७९ को बजेट ल्याउने क्रममा व्यापारीहरुलाई अर्थ मन्त्रालयमा बोलाएर उनीहरुको हितमा कर परिवर्तन गरेको भन्दै विपक्ष दल एमालेले सदन अपरोध गप्यो । पछि सदनले छानबिन समिति गठन गप्यो ।

 

अर्थमन्त्री शर्माले पनि छानबिन गर्न सजिलो होस् भनेर पदबाट राजीनामा दिए । यता, छानबिन समितिले अर्थ मन्त्रालयको सीसीटिभी क्यामेरा चेकजाँच गर्ने क्रममा त्यो दिनको फोटेज नै गायब भेटियो । र, केही प्रमाण फेला परेन । समितिले केही प्रमाण फेला नपारेपछि शर्मा फेरि अर्थमन्त्री बने ।

 

यसरी सीसीटिभी क्यामेरा कमिशन र भ्रष्टाचारको लागि मात्र जडान गरिएको यसबाट पनि प्रष्ट हुन्छ । अहिले बाटोमा थोत्र्रा गाडीहरु धुँवाको मुस्लो फ्रयालेर गुडिरहेका छन् । २२ वर्षदेखि ३० वर्ष पुगेका सवारीसाधन धुँवाको मुस्लो फ्रयालेर बाटोमा गुडेका छन् । तर, सरकारले २० वर्ष पुगेका सवारीसाधन हटाउने भनेर कानून बनाएर राजपत्रमा प्रकाशित गरिसकेको छ ।

 

नो पार्किङ्गमा सवारीसाधन पार्किङ्ग गरिएको छ । व्यवसायीहरुले फुटपाथमा व्यापार गरिरहेका छन् । सार्वजनिक यातायातमा यात्रुहरु झुण्डिएको देखिन्छ । यातायात व्यवसायीहरु यात्रुको ज्यानै जोखिममा राखेर ढोकामा उनीहरुलाई झुण्डाएर यात्रा गराइरहेको देखिन्छ ।

 

ट्राफिक प्रहरीकै अगाडि यातायात व्यवसायीहरुले गाडीको ढोका बन्द नगरी यात्रु झुण्डाइरहेका छन् । सरकारले एक किलोमिटरबाट पाँच किलोमिटरसम्म १९ रुपैयाँ भाडा निर्धारण गरेको छ । यातायात व्यवसायीहरु आधा किलोमिटरमै यात्रुसँग २५ रुपैयाँ असुल्छन् । जबकी सरकारले निर्धारण गरेको भाडादरअनुसार यात्रुले दुई रुपैयाँ मात्र तिर्नुपर्छ ।

 

यता, ट्याक्सी व्यवसायीहरु चोक–चोकमा यात्रुसँग भाडाको विषयमा मोलमोलाई गरिरहेको भेटिन्छन् । केही दिनअघि काठमाडौंको चावहिल चोकमा बा १ ज ७४२२र बा १ ज ६८७९ नम्बरको ट्याक्सी पार्किङ्ग गरेर बसिरहेको थियो । यी दुवै ट्याक्सी बाहिरबाट हेर्दा थोत्र्रा, पुरानो देखिन्थ्यो ।

 

ट्याक्सी पार्किङ्ग राखेर चालकहरु गफ गरिरहेका थिए । सोही क्रममा हामीले यो ट्याक्सी कति वर्ष पुग्यो ? भनेर चालकलाई सोध्दा दुवैले २१ वर्ष पूरा भई २२ वर्ष लागेको बताए । अनि ट्राफिकले यस्तो सवारीसाधनलाई समात्दैंन ? भन्ने प्रश्नमा उनीहरुले भने, ‘सुरुमा त चेकिङ्ग नै गरिदैंन । केही गरी अनुगमन गरेपनि गाडीको अवस्था ठिक नभएको भनेर पाँच सयको चिट काटिदिन्छ ।’

 

यसरी वैद्यखाना लैजानुपर्ने सवारीसाधनलाई ट्राफिकप्रहरीले पाँच सयको चिट काटेर छोडिदिने क्रम जारी छ । अहिले बाटोमा २० वर्ष कटेका सवारीसाधन खुलेआम गुडेका छन् । तर, ट्राफिक देख्दैंन । सडकमा जडान गरिएको सीसीटिभी क्यामेराको सहायताबाट पनि त्यस्ता सवारीसाधन समात्न सकिन्छ ।

 

तर, सडकमा सीसीटिभी क्यामेरा केबल नाटकको लागि राखिएको छ । कुनै सीसीटिभी क्यामेरा बिग्रिएको छ त कुनै अनावश्यक ठाउँमा जोडिएको छ । ट्राफिक प्रहरीहरु बाटोमा उभिएका बसेका हुन्छन् । जतातिर घाम लागेको हुन्छ, त्यतैतिर ट्राफिक उभिएको भेटिन्छ । अनि ट्राफिक यसरी घाम खोज्दै उभिने थालेपछि सवारीसाधनको कागजपत्र कसले चेकजाँच गर्ने ? कसले अनुगमन गर्ने ?

 

ट्राफिकले अनुगमन नगर्दा राज्यको ढुकुटीमा राजस्व आएको छ । सरकारको निर्णय कार्यान्वयन भएको छैन । यात्रुहरु मर्कामा परेका छन् । भाडा महंगो तिरेर जोखिमयुक्त यात्रा गर्न उनीहरु बाध्य भएका छन् । जनताले तिरेको कर भने सडकमा सीसीटिभी क्यामेरा जोड्दा र ट्राफिक प्रहरीलाई तलबभत्ता दिँदा खर्चिएको छ ।

 

सबैतिरबाट जनताले तिरेको कर खर्च हुँदा उपलब्धि भने केही भएको छैन । सरकारको कमिशनको लागि सीसीटिभी क्यामेरा जडान गप्यो । यसबाट सीमित व्यापारी र सरकारी निकायका केही पदाधिकारीलाई फाइदा भयो । तर, जनताले तिरेको अर्बो कर मासिएको छ । अनावश्यक क्षेत्रमा खर्चिएको छ ।

 

विकसित मुलुकमा बाटोमा ट्राफिक प्रहरी भेटिन्न । त्यहाँ सबै काम सीसीटिभी क्यामेराले गर्छ । हाम्रो नेपालमा क्यामेरा पनि जोडिएको छ र ट्राफिकप्रहरी पनि राखिएको छ । तर, काम भने केहीकसैले गरेको छैन । यहाँ सबै काम कमिशनको खेलमा भइरहेको छ ।

 

बैंकका कर्मचारीहरुले बचतकर्ताको खाताबाट रकम चोरी गरेको घटना बाहिरिएको छ । सहकारीका सञ्चालक, अध्यक्ष र कर्मचारीहरु बचतकर्ताको अर्बो रकम लिएर रातारात फरार भएका छन् । व्यापारीहरुले कालोबजारी गरिरहेका छन् । सयको सामान पाँच सयमा बेचेर उपभोक्ता ठगिरहेका छन् ।

 

सरकारी कर्मचारीहरु बिहान १० बजे कार्यालय पुग्नुपर्नेमा १२ बजे पुग्छन् । ५ बजे कार्यालय बिदा हुनेमा कर्मचारीहरु ३ बजे नै टाप कस्छन् । अनि सीसीटिभी क्यामेरा जडान गरेको के उपलब्धि भयो त ?

civil hospital
Hams Hospitals