धादिङमा एमाले पदाधिकारी प्यानलै चुनावी आन्तरिक तयारीमा
वि.सं.२०८० माघ १६ मंगलवार
shares
धादिङ। नेकपा एमाले धादिङकाे नवाै जिल्ला अधिवेशन माघ १९ गते उद्घाटनकाे तयारी गरिएकाे छ ।
अधिवेशन नजिकिँदै गर्दा नेतृत्व कसरी अाफ्नाे पक्षमा पार्ने भन्ने हाेडबाजि सुरु भएकाे छ ।
केन्द्रीय नीति अनुसार प्यानल बनायर निर्वाचनमा जान नपाईने, भाेट माग्दा उम्मेदवारी दर्ता भएपछि अाफुलनई मात्र भाेट माग्नु र सामाजिक संजालमा नीति विपरित उम्मेदवारी घाेषणा गर्न नपाईने भनिएपनि पदाधिकारीमा प्यानल चुनाव लड्ने मनस्थितिमा नेताहरु रहेकाे बुझिएकाे छ ।
नेकपा एमाले अध्यक्ष केपि शर्मा अाेलीले उद्घाटन गर्ने अधिवेशनकाे प्रचार प्रसार गर्ने र भव्य बनाउनु पर्ने प्रेसर भएपनि डा. रामकुमार अधिकारी हाेटलमा मेस संचालन गरि गुट भेला गरिरहनु भएकाे छ ।
अाफ्ना लागि मात्र नभई केही कार्यकर्ता लिएर हाेटल जिविकामा प्यानल बनाउन व्यस्त भएकाे एक एमाले कार्यकर्ताले जानकारी दिनुभयाे ।
नीति विपरित अाफु अध्यक्ष उम्मेदवार भएकाे घाेषणा नजिकका कार्यकर्ता मार्फत सामाजिक संजालमा लेख लगाउन थाल्नु भएकाे छ ।
खेम लाेहनी, रमेश अाचार्य समेत हाेटलमा बसेर रामकुमार अधिकारीले पदाधिकारीकाे नाम अन्तिम रुप दिनुभएकाे पाईएकाे छ ।
जिल्ला कमिटि अध्यक्षमा रामकुमार अधिकारी, उपाध्यक्षमा थाक्रे गाउँ पालिका अध्यक्ष रामकुमार अाचार्य, सचिवमा हरिराम लाेहनी, र उपसचिवमा दुर्गानारायण शाक्य र उमा नेपाल रहनेगरि प्यानल बनाउनु भएकाे एक नेताले जानकारी दिनुभयाे ।
रामकुमार अधिकारी, रमेश अाचार्य जिल्ला पार्टी कार्यालयमा भने देखिनु भएकाे छैन । बाहिर बसेर गुट बनाउने र कार्यकर्तालाई मासु भात खान दिने लाेभ देखाउदै भाटमाग्न थाल्नु भएकाे छ । काठमाडौंकाे एक हाेटलमा भएकाे भेलामा अध्यक्ष उम्मेदवार अधिकारीले भात खान दियपछि भाेट हालिहाल्छन् नि भनेकाे चर्चा बजारमा छ ।
यता संस्थापन पक्ष मानिएका भुमि त्रिपाठीले भने अाफु माघकाे २० गतेमात्र उम्मेदवारी दिने बारे बताउनुभएकाे छ ।
उहाँकाे एक नेताले पदाधिकारीमा भने सार्वजनिक नगरि लिस्ट बनाउनुभएकाे बुझिएकाे छ ।
अध्यक्षमा भुमि त्रिपाठी, उपाध्यक्षमा वर्तमान सचिव अर्जुन श्रेष्ठ गाेर्खाली, सचिवमा वर्तमान उपसचिव राधिका सापकोटा र गंगाजमुनाका गाउँ पालिकाका पार्टी अध्यक्ष भक्त लामीछाने र थाक्रे गाउँ पालिकाका पार्टी सचिव उर्मिला रेग्मी रहेकाे बताईएकाे छ ।
महिला, दलित, जनजाति, युवा सबैलाई मिलाएर पार्टीको काममा लाग्नु पर्ने संसथापन पक्षकाे भनाई छ । । यश बाहेक पनि विभिन्न पदमा उम्दवारी पर्ने र नेतृत्व गर्ने हाेडबाजि नेकपा एमालेमा छ ।
मिसन ०८४ का लागि तयारी रहन पनि चुस्त र क्षमतावान नेतृत्व अावस्यक रहेकाे छ।




























