रवि लामिछानेले सांसदहरुलाई सोधेको तीन प्रश्न
वि.सं.२०८० माघ १९ शुक्रवार
shares
Photo By: k|ltlglw;ef a}7sdf pkk|wfgdGqL nfld5fg]
sf7df8f}F, @% k'; M
pkk|wfg tyf u[xdGqL /lj nfld5fg] ;ª3Lo ;+;b ejg gofFafg]Zj/df ;f]daf/ a;]sf] k|ltlglw;efsf] a}7sdf dGtJo JoQm ug'{x'Fb} . tl:a/M /Tg >]i7÷/f;;
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठकमा सभापति रवि लामिछानेले सांसदहरुलाई सोधेको तीन प्रश्नमा केन्द्रित भएको छ ।
आज बसेको संसदीय दलको बैठकमा सभापति लामिछानेले एक हप्ताअघि आगामी अधिवेशनका विषयमा पार्टीका सबै सांसदहरुलाई सोधेको प्रश्नमा छलफल भएको प्रमुख सचेतक सन्तोष परियारले बताए ।
उनका अनुसार सभापति लामिछानेले संविधान निर्माणपछि राज्य सञ्चालनको लागि आवश्यक पर्ने ४० विधेयकमा के भइरहेको छ ? तपाईं भएको समितिमा भए त्यसको अवस्था के छ ? निर्वाचनको बेलामा बाचापत्रमा उठाएको मुद्दा त्यो अनुसार विधेयकमा काम गर्न सक्छौं कि सक्दैनौं र नागरिक अधिकार र स्थानीय समस्याहरुको केके मुद्दा उठाउनुहुन्छ? भन्ने प्रश्न गरेका थिए ।
त्यसबारेमा आजको सबैले आआफ्नो कुरा राखेको र सोमबार बैठक बस्नुअघि थप छलफलका लागि बैठक बस्ने उनले बताए ।
उनले भने, ‘अबको अधिवेशनमा मुख्य कानूनहरु टुंग्याएरै जानुपर्छ भनेर सरकारलाई दबाब दिन काम गछौं । रास्वपाले नागरिकको अधिकार सुनिश्चित गर्ने सवालमा सरकारलदे त्यो विधेयक नल्याएर गैर सरकारी विधेयकमा काम गर्छ ।’





























