एमाले धादिङको अधिवेशनमा बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेलको क्याम्पियन 

Ghorahi cement

 

 

धादिङ।नेकपा एमाले धादिङको नवौं जिल्ला अधिवेशनमा गुटको प्रभाव देखिएको छ । अधिवेशन भव्य बनाउन धादिङ आएका एमाले बागमती प्रदेश कमिटीका अध्यक्ष कैलाश ढुंगेलले नै क्याम्पियन थालेका छन् । 

 

औपचारिक उद्घाटनसत्र समापन भए लगतै जिल्लाको नेतृत्व सर्वसम्मत बनाउनेतर्फ लाग्नुपर्नेमा आफै होटलको कोठामा क्याम्पियन गरेर जिल्लाको नेतृत्व छनोट प्रकृयालाई प्रभावित बनाउने कार्यमा सक्रिय देखिएका हुन् ।

 

अध्यक्षसहित पदाधिकारीहरुको आकांक्षीहरुलाई राखेर सर्वसम्मतको प्रयास गर्नुको सट्टा बन्दसत्र हुन नपाउँदै एक पक्षको नेतृत्व गरेर क्याम्पियनमा लागेको प्रतिनिधिहरुले बताएका छन् ।

अहिले जिल्ला अध्यक्षका लागि वर्तमान अध्यक्ष भुमी त्रिपाठी र नेता खेम लोहनीको तर्फबाट डा.रामकुमार अधिकारी अध्यक्षको आकांक्षी छन् ।

 

संघ, प्रदेश, पालिका र वडासम्म टिकट बाडेर भोट प्रभावित बनाउन ढुंगेल लागीपरेको देखिएको छ ।

लोहनीले सिगारेर अध्यक्षको आकांक्षी बनेका अधिकारीको पक्षमा ढुंगेल आफै सक्रिय देखिएपछि कार्यकर्ता आक्रोशित देखिएका छन् । संघ र प्रदेशकाे निर्वाचनमा चुनाव हराउन लागेका लाेहनीले पार्टी जिल्ला अध्यक्ष उम्मेदवार बनाएर हराउन पाए पछिसम्म अाफ्नाे प्रतिस्पर्धा गर्न नस्ने भएकाेले दाेहाेराे चरित्र सहित प्रस्त भएकाे पाईएकाे एमाले प्रतिनिधि हरुकाे भनाइ छ ।

 

शुक्रबार सांझ जिल्ला कमिटीको पुर्ण बैठकमै स्थायी कमिटी सदस्य गुरु बराल, सिन्धुली जिल्लाका इन्चार्ज खेम लोहनीको नेतृत्वमा युवा संघ जिल्ला इन्चार्ज एवं स्वयंसेवक परिचालन संयोजक कमल सिलवाल र हरी थापा माथी धरपकट गरेका थिए ।

 

जिल्लामा पार्टी मिलाउनको सट्टा पार्टी नेतृत्वलाई गलत रिपोर्टिङ गरेर दुई पक्षबीच थप दुरी बढाउने काम गराएको प्रतिनिधि छनोट भइ आएका नेताहरुले बताएका छन् ।

पालिकाहरुका टिकट दिउलाभन्ने, कमिटिमा राखुमला भन्ने र नमानेमा रगतकाे खाेलाे बगाउँछु भन्दै जिल्ला अधिवेशन प्रभावित पार्न खाेजेकाे ढुंगेल र लाेहनी केही कार्यकर्ता प्रयाेग गरि बन्दसत्रमा समेत लागेकाे बुझिएकाे छ ।

 

यो पनि पढ्नुहोस्

धादिङमा एमाले पदाधिकारी प्यानलै चुनावी आन्तरिक तयारीमा

Nepali patro