रणवीर ‘राम’ फाइनल भइरहँदा जान्हवी कपूर ‘सीता’को रुपमा देखिनेछिन्

Ghorahi cement

 

मुम्बई (आजतक) । निर्देशक नितेश तिवारीको फिल्म ‘रामायण’को अहिले बलिउडमा राम्रै चर्चा छ । अभिनेता रणवीर कपूर यो फिल्ममा ‘राम’ चरित्रमा देखिँदैछन् । तर समय–समयमा ‘सीता’को भूमिकालाई लिएर अभिनेत्रीको नाम टुंगो लागिसकेको छैन ।

फिल्मका लागि रणवीरले निकै मेहनत गर्दैछन् । फिल्मको सुटिङ सुरु हुनु अघि रणवीर आफ्नो पूर्वाभ्यासको काम पुरा गर्ने ध्याउन्नमा छन् ।

फिल्मका लागि नितेशको टिमले एक डिक्सन(बोल्ने लवज) र संवाद विभाग बनाएका छन्, जुन विभागले केवल ‘रामायण’का लागि मात्र काम गर्नेछ । अर्थात् अभिनेतालाई बोल्ने तरिका र संवाद सिकाउनका लागि यो टिमले काम गर्नेछ ।

यतिमात्र होइन, ‘रामायण’मा कलाकारले लगाउने पहिरन बनाउन पनि जोडतोडका साथ काम भइरहेको छ । फिल्मका प्रमुख कलाकार कस्तो देखिनेछन् भनेर टिमले अध्ययनको पनि काम गरिरहेको छ ।

नितेशले रणवीरका लागि एक संवाद विशेषज्ञ नै राखेका छन्, जसले संवाद सही तरिकाले बोल्न र भूमिकालाई सही ढंगले प्रस्तुत गर्न सिकाइरहेका छन् । फिल्मकै लागि रणवीरले घण्टौंसम्म संवाद पढिरहेका छन् र नितेशलाई भ्वाइस रेकर्ड गरेर नियमित रुपमा पठाइरहेका छन् ।

ठूलो क्यानभास र बजेटमा निर्माण हुने यो फिल्ममा विशेष इफेक्टका साथ भीएफएक्सको राम्रो प्रयोग हुनेछ । यो फिल्मलाई अन्तर्राष्ट्रिय स्तरमा रिलिज गरिनेछ ।

फिल्ममा रणवीर ‘राम’ फाइनल भइरहँदा जान्हवी कपूर ‘सीता’को रुपमा देखिने चर्चा छ । फिल्ममा साउथ अभिनेता यश ‘रावण’को भूमिकामा देखिने चर्चा उत्तिकै छ ।

Shangri-la Development Bank Ltd.
Nepali patro