देव खनाल बने वर्षकै उत्कृष्ट युवा खेलाडी

24.8K
shares
Nabil bank

 

काठमाडौं । अन्डर नाइन्टिन क्रिकेट विश्वकपमा पुर्याउन सफल टिमका कप्तान देव खनाल वर्षको सबैभन्दा उत्कृष्ट युवा खेलाडी बनेका छन् । उनलाई नेपाल खेलकुद पत्रकार मञ्चले एनएसजेएफ पल्सर स्पोर्ट अवार्डमा वर्ष उत्कृष्ट युवा खेलाडीको सम्मान आइतबार प्रदान गरेको हो ।देवको कप्तानीमा नेपालले भर्खरै मात्र दक्षिण अफ्रिकामा भएको विश्वकपको सुपर सिक्स सम्मको यात्रा तय गरेको थियो । त्यसअघि उनकै कप्तानीमा नेपाली टिमले एसिसि प्रिमियर कपको पनि उपाधि जितेको थियो ।

 

दुबईमा भएको आईसीसी विश्वकप एसिया छनोटको फाइनलमा यूएईलाई हराउँदै नेपालले विश्वकपको यात्रा तय गरेको थियो । वर्षका युवा खेलाडी मनोनयनमा राममाया बुढा (एथलेटिक्स), सुष्मा तामाङ (बक्सिङ), सुजाता तामाङ (फुटबल), युनेश बुढाथोकी (फुटबल), विजय बाटा (बक्सिङ), देव खनाल (क्रिकेट), दीपेश कँडेल (क्रिकेट), सद्भाव आचार्य (गल्फ) परेका थिए।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x