आज फागुन १४ गते सोमबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस्

42.9K
shares
Nabil bank

 

मेष – ARIES

चु, चे, चो, ला, लि, लु, ले, लो, अ

मिहिनेत गर्दा लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। विद्यामा वृत्ति, सहुलियत वा विशेष अवसर प्राप्त हुनेछ। सहपाठीहरूलाई उछिन्दै पुरस्कार, प्रशंसा आदि प्राप्त गर्न सकिनेछ। व्यापारमा पनि फाइदा हुनेछ। पशुपालन र कृषिमा राम्रो लाभ मिल्नेछ। सन्तान वा अनुयायीको साथले उत्साह जगाउनेछ।

 

वृष – TAURUS

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

व्यावसायिक काममा चुनौती देखिए पनि आयस्राेत सबल नै रहनेछ। मेहनत गर्दा दिगो फाइदा हुनेछ। साझेदार तथा आफन्तजन सहयोगीका रूपमा देखा पर्नेछन्। पहिले रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्दा लाभ हुनेछ। काममा अरूको भरपर्नु भन्दा परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ। तर महत्त्वाकांक्षी योजना अहिले नै सार्वजनिक नगर्नुहोला।

 

मिथुन – GEMINI

का, कि, कु, घ, ङ, छ, के, को, ह

कर्मयोगले लोकप्रियता दिलाउनेछ भने विशेष उपहार प्राप्त गर्ने समय छ। तर पहिलेका सहयोगीहरू प्रतिस्पर्धीका रूपमा देखा पर्नेछन्। प्रतिद्वन्द्वीहरू बढ्नेछन् भने लाभांश बाँडिन सक्छ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। उद्योग र व्यापारमा फाइदा हुनेछ। पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ। चुनौती पन्छाएर पनि लाभ उठाउन सफल भइनेछ।

 

कर्कट – CANCER

हि, हु, हे, हो, डा, डि, डु, डे, डो

तारिफयाेग्य काम गर्दै लाेकप्रियता हासिल गर्न सकिनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। नयाँ काम प्रारम्भ हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। बोलीको प्रभाव बढ्नाले काममा फाइदा हुनेछ। विभिन्न भौतिक साधन प्राप्त हुनेछन्। धन तथा ज्ञानको भण्डार बढ्नेछ।

 

सिंह – LEO

मा, मि, मु, मे, मो, टा, टि, टु, टे

काम बन्नुका साथै दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। कामकाे सफलताले हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीले साथ दिनेछन्। बिछोडिएका आफन्तसँग भेटघाट होला। पहिलेका कमजोरी सुधार्दै फाइदा उठाउने समय छ। पहिरनले व्यक्तित्वमा आकर्षण ल्याउनेछ।

 

कन्या – VIRGO

टो, प, पि, पु, ष, ण, ठ, पे, पो

खर्च लागे पनि दिगाे काम गर्न सकिनेछ। खर्चिलाे याेजना बन्नाले धेरै रकम जोहो गर्नुपर्ला। सोखले विलासी वस्तुहरूमा खर्च गराउनेछ। साँवा उठाउँदा लाभांशमा घाटा लाग्न सक्छ। आफन्तबाट टाढिनुपरे पनि टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। लामो यात्रा गर्ने अवसर जुट्न सक्छ। नयाँ कुरा पाउन केही वस्तु त्याग्नुपर्ला। पछिका लागि लगानी गर्ने समय छ।

 

तुला – LIBRA

र, रि, रु, रे, रो, ता, ति, तु, ते

श्रम परे पनि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। उठ्नुपर्ने रकम हातलागी हुनेछ। व्यवसायमा लगानी जुटाउन सकिनेछ। जिम्मेवारी बढे पनि सानातिना काममा अलमलिनाले मुख्य काम रोकिन सक्छ। फाइदाका लागि काम दाेहाेर्याउनुपर्ने हुन सक्छ। आफ्नाे श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। परिस्थितिवश रकम अरूका लागि खर्चनुपर्नेछ।

 

वृश्चिक – SCORPIO

तो, ना, नि, नु, ने, नो, या, यि, यु

अवसर प्राप्त भए पनि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। पुरानो हिसाबकिताब सुल्झाउन समय लाग्नेछ। स्वार्थका लागि साइनो गाँस्नेहरूबाट सजग रहनुहोला। मिहिनेतले जीवनशैलीमा सुधार ल्याउन सकिनेछ। व्यवसायमा धेरै फाइदा नभए पनि नियमित काम सम्पादन हुनेछ। नयाँ काम थाल्न केही समय पर्खनुपरे पनि पूर्वाधार तयार गर्न सकिनेछ।

 

धनु – SAGITTARIUS

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ। तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। उपलब्धिको स्रोत प्राप्त हुनेछ भने प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। भाग्यले विभिन्न अवसर जुराउनेछ र मिहिनेतले सफलताको उचाइमा पुर्याउनेछ। सानो प्रयत्नले सजिलै लक्ष्यमा पुग्न सकिनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका छ।

 

मकर – CAPRICORN

भो, ज, जि, खि, खु, खे, खो, गा, गि

अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ। बाध्यात्मक परिस्थितिले इच्छाशक्ति कुण्ठित हुनेछ। आफ्ना कमजोरीको फाइदा उठाउनेहरू सक्रिय हुनेछन्। व्यापारिक लगानीमा जोखिम बढ्न सक्छ। गोपनीयता भंग हुनुका साथै धन बाहिरिन सक्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला।

 

कुम्भ – AQUARIUS

गु, गे, गो, सा, सि, सु, से, सो, द

सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। आफन्तसँग रमाइलो भेटघाट हुनेछ। उपहारले उत्साह जगाउनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ। परिवारजनको साथले उत्साह जगाउनेछ। तर आम्दानी भइरहे पनि फजुल खर्च बढ्नेछ। विलासितामा धन खर्च गर्नुपर्ने परिस्थिति आउला। वादविवादमा अघि नसर्नुहाेला।

 

मीन – PISCES

दि, दु, थ, झ, ञ, दे, दो, च, चि

अरूको विश्वास गर्दा सुरुमा काम रोकिन सक्छ। पहिलेका समस्या दोहोरिनाले अलमलमा परिएला। गोपनीयता बाहिरिनाले समस्या पर्न सक्छ। विशेष उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। तापनि प्रयत्न गर्दा चुनौती चिर्दै काम बनाउन सकिनेछ। बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ।

 

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x