सर्वोत्तम सिमेन्टको आईपीओमा मागभन्दा ३ गुणा बढी आवेदन

Ghorahi cement

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडको आईपीओ खरीदका लागि पहिलो दिनमै मागभन्दा बढी आवेदन परेको छ । कम्पनीले बुक विल्डिङ विधिमार्फत सर्वसाधारणका लागि प्रतिकित्ता ३६० रूपैयाँ ९० पैसाका दरले २७ लाख ७६ हजार ७६ कित्ता आईपीओ सार्वजनिक निष्कासन गरेको हो ।

 

सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार पहिलो दिन फागुन १३ गते साझ ५ बजेसम्म १ लाख ५६ हजार २०७ जना आवेदकहरूबाट ८६ लाख ६० हजार ६४० कित्ता आईपीओ माग भएको हो । जुन मागभन्दा ३ दशमलव १२ गुणा बढी आवेदन हुन आउछ । रकमका हिसाबमा ३ अर्ब १२ करोड ५६ लाख २४ हजार ९७६ रूपैयाँ बराबरको आवेदन परेको हो ।

 

कम्पनीले यस अघि पहिलो चरणमा योग्य संस्थागत लगानीकर्ताका लागि र दोस्रो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपाली तथा उद्योग प्रभावित स्थानीयसँगै खानी उत्खतत् क्षेत्रका स्थानीयमा आईपीओ विक्री तथा बाँडफाँट गरिसकेको छ । योग्य संस्थागत लगानीकर्तामा कम्पनीले २४ लाख कित्ता आईपीओ बाँडफाँट गरेको हो ।

 

त्यस्तै, सर्वसाधारणमा विक्री गर्न अनुमति पाएको ३६ लाख कित्ता आईपीओमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि २ लाख ६७ हजार कित्ता र आयोजना प्रभावित स्थानीयमा २ लाख ४८ हजार ४७० कित्ता आईपीओ बाँडफाँट भएको छ ।

 

उद्योग प्रभावित तथा खानी उत्खनन् क्षेत्रका स्थानीयका लागि छुट्याएको शेयरमध्ये विक्री हुन नसकेको ६ लाख ८१ हजार ५३० कित्ता शेयर समेत थप गरी सर्वसाधारणमा विक्री गर्न लागिएको हो । तेस्रो चरणमा विक्री गरिने शेयरमध्ये १ लाख ५४ हजार २२७ कित्ता सामूहिक लगानीकोषका लागि बाँडफाँट गरी कम्पनीका कर्मचारीहरूका लागि १ लाख ५४ हजार २२७ कित्ता आईपीओ सुरक्षित गरीएको छ । बुक विल्डिङ विधिमार्फत विक्रीमा आएको यस कम्पनीको आईपीओ खरीदका लागि न्यूनतम ५० कित्ता माग गर्नुपर्ने व्यवस्था छ ।

 

कम्पनीको आईपीओ खरीदका लागि अधिकतम सीमा १० हजार कित्ता तोकिएको छ । पहिलो दिनभित्रै मागभन्दा बढी आवेदन परिसकेकाले यो आईपीओ विक्री फागुन १६ गतेसम्म मात्र खुला हुनेछ । कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ भने सह निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल र प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

Shangri-la Development Bank Ltd.
Nepali patro