मेयर बालेन माथि वरिष्ठ कानुन अधिकृतको आरोप

1.3K
shares

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी वरिष्ठ कानुन अधिकृत (आठौँ तह) सस्मिता घिमिरेले मेयर बालेन्द्र साह (बालेन)को प्रशासनमा बिना कारण लामो समयदेखि जिम्मेदारीविहीन बनाएको आरोप लगाएकी छन् । उनले कार्यालय जाँदा बस्ने कुर्सी टेबल समेत नदिई कामै गर्न नदिएर राखिएकोले बाध्य भई कानुनी र पेसागत हक, अधिकारको लागि लडाइँ सुरु गरेको बताएकी छन् ।

 

उनले आफू क्यान्सर सर्भाइभर रहेको र लोकसेवा पास गरेको राष्ट्रसेवक भएको जानकारी गराउँदै मेयर बालेनले बाहिरका आफू निकट वकिललाई करारमा राखी महानगरका कर्मचारीलाई जिम्मेवारीविहीन बनाएको आरोप लगाएकी छन् ।

 

 

 

सामाजिक सञ्जालमा बुधवार स्टाटस लेख्दै घिमिरेले भनेकी छन्, ‘अहिले कामपामा कानुनमा दरबन्दी खाली राखिएको छ । कानुनमा काम गर्न मोटो रकम दिएर आफ्ना नजिकका वकिलसाबको जम्बो टोली मेयरले करारमा नियुक्ति गर्नु भएको छ। जसको प्रशासनिक खर्च वार्षिक लाखौँ हुन्छ ।

 

आफ्नो स्थायी कर्मचारीको स्वास्थ्य संबेदनसिलतालाई समेत ध्यान नदिई दिनभर बाहिर राखी मानसिक टर्चर र महिला कर्मचारी भएको नाताले कार्यालयगत हिंसा गर्नुको कारण के होला ??’

 

civil hospital
Hams Hospitals