एनआईशी एशिया बैंककोसँग ढुक्क भएर कारोबार गर्नुस् हल्लाको पछाडि नलाग्न राष्ट्र बैंकको निर्देशन

Ghorahi cement

काठमाडौं । एनआईशी एशिया बैंकको बारेमा विभिन्न हल्ला फैलिरहेका बेला नेपाल राष्ट्र बैंकले डराउनु पर्ने अवस्था नरहेको बताएकोछ ।

 

प्रेस वक्तव्य नै जारी गरेर केन्द्रीय बैंकले यस्तो बताएको हो ।

केही व्यक्ति/समूहले दिएको भ्रामक अभिव्यक्ति र दुष्प्रचारप्रति यस बैंकको गम्भीर ध्यानाकर्षण भएको समेत राष्ट्र बैंकले बताएको छ ।

 

केही दिन यता एनआईसी एशिया बैंकका विरुद्धमा केहीले व्यक्ति र समुहले अफवा फैलाई रहेका थिए । त्यहि विषयलाई लिएर राष्ट्रबैंकले गम्भीर ध्यानाकर्षण भएको समेत बताएको छ ।

 

‘ बैंक तथा वित्तीय संस्थाहरूले सर्वसाधारणको निक्षेप परिचालन गर्ने हुँदा यस बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिँदा रनिरीक्षण/सुपरिवेक्षण गर्दा समेत सर्वसाधारणको निक्षेपको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेको हुन्छ’, राष्ट्र बैंलले जारी गरेकोबिज्ञप्तीमा भनिएको छ, ‘राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको कारोबारको नियमित निगरानी गरिरहेकोले सर्वसाधारणको निक्षेप पूर्णरूपमा सुरक्षित रहेको ब्यहोरा अनुरोध छ ।’

 

बैंकिङ जस्तो सम्वेदनशील क्षेत्रप्रति सर्वसाधारणलाई भ्रमित गर्न दुष्प्रचार गर्ने कार्यको पछाडि नलागी सम्बद्ध लगानीकर्ता, निक्षेपकर्ता, ग्राहक तथा सरोकारवालालाई ढुक्कसँग नियमित रूपमा बैंकिङ कारोबार गर्न राष्ट्र बैंकले अनुरोध गरेको छ ।

Shangri-la Development Bank Ltd.
Nepali patro