नेदरल्यान्ड्सले नेपाललाई दियो १२१ रनको लक्ष्य

 

काठमाडौं । त्रिकोणात्मक सिरिजको पाँचौ खेलमा नेदरल्यान्ड्सले नेपाललाई १ सय २१ रनको सामान्य लक्ष्य दिएको छ ।

 

टस जितेर पहिलो ब्याटिङ रोजेको नेदरल्यान्ड्सले १९.३ ओभरमा अलआउट हुँद१ सय २० रन जोड्यो । पहिलो ओभरमै दुई विकेट गुमाएको नेदरल्यान्ड्सले तेस्रो विकेटका लागि संयमित साझेदारी पाएको थियो । तर मध्यक्रममा प्रतिश जिसी र कुशल मल्लले लगातार २–२ विकेट लिएपछि नेदरल्यान्ड्सको मध्यक्रम ध्वस्त भएको थियो ।

 

नेदरल्यान्ड्सका ओपनर म्याक्स ओ डाउडले सर्वाधिक ३१ रन बनाए । रोलफ भान डर मर्वले तल्लोक्रममा नटआउट २३ रनको योगदान दिए । उनले १४ बलमा १ चौका र १ छक्का जोडे ।

 

नेपालका प्रतिश जिसीले समग्रमा ३ विकेट लिँदा करण केसी र कुशल मल्लले २–२ तथा दीपेन्द्रसिंह ऐरीले १ विकेट लिए । अन्तिम विकेट कुशल भुर्तेलको थ्रोमा रनआउट भएको थियो ।

 

करण केसीले इनिङको पहिलो ओभरमै २ विकेट लिएर नेपाललाई उत्कृष्ट सुरुवात दिलाएका थिए ।

 

करणले चौथो बलमा माइकल लेभिटलाई दिपेन्द्र सिंह ऐरीको बलमा मिड अफमा क्याच गराए । लेभिटले दोस्रो बलमा चौका प्रहार गरेका थिए । त्यसको दुई बलपछि साइब्रान्ड एंगलब्रेक्ट कट बिहाइन्ड भए ।

 

इनिङको नवौं ओभरमा प्रतिशले डच कप्तान स्कट एडवार्ड्स र ओपनर म्याक्स ओ डाउडको विकेट लिए । यी दुईले तेस्रो विकेटका लागि ५० रनको साझेदारी गरेका थिए ।

पहिलो बलमा एडवार्ड्सलाई बोल्ड गरेका उनले पाँचौ बलमा म्याक्सलाई पेभेलियन फर्काए । स्कटले २१ बलमा १ छक्कासहित १८ रन जोडे । म्याक्स २४ बलमा ४ चौका र १ छक्कासहित ३१ रनमा आउट भए ।

 

दशौं ओभरमा कुशल मल्लले नोआ क्रोस र आर्यन दत्तको विकेट लिए । पाँचौ बलमा क्रोस ६ बलमा ३ रन जोडेका उनी स्विप सट खेल्ने धुनमा फाइन लेगमा अभिनाश बोहोराको हातबाट समातिए । लगत्तै दत्त अर्को बलमा बोल्ड भए ।

 

कुशलले १५ औं ओभरको तेस्रो बलमा तेजालाई बोल्ड गरे । उनले १४ बलमा ५ रन जोडेका थिए । १८ औं ओभरमा दीपेन्द्रसिंह ऐरीले टिम भान डर गुग्टेनलाई क्याच आउट गराए । उनले २५ बलमा २४ रनको योगदान दिए । लगत्तै गुलशन झाले डाइरेक्ट हिटमा काइल क्लेइनलाई खाता नखोली रनआउट गरे ।

 

अन्तिम ओभरको तेस्रो बलमा कुशल भुर्तेलले सानदार फिल्डीङ गरे । भान डर मर्वले स्ट्रेटतर्फ खेलेको सट बाउन्ड्रीमा उफ्रेर छक्का जोगाएका उनले त्यसपछि किंग्माको रनआउट सम्भव बनाएका थिए ।

Shangri-la Development Bank Ltd.
Nepali patro