सार्वजनिक मन्त्रिपरिषद् बैठकका तीन निर्णय

Ghorahi cement

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले बिहीबार(आज) बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेकी छिन् । प्रवक्ता शर्माका अनुसार बैठकले राष्ट्रिय योजना आयोगमा रिक्त चार सदस्य नियुक्त गरेको छ ।

 

आयोगको रिक्त ४ सदस्य पदमा संगीता सिंह, कुसेन्द्रबहादुर महत, शिवराज अधिकारी, अरनिकोकुमार पाँडेलाई नियुक्त गर्ने निर्णय गरिएको हो ।

 

बैठकले नेपाल र गणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा कोरियाली सात जना र नेपाली तीन जना गरी दश जना पर्वतारोहीहरूलाई सिन्धुपाल्चोकको जुगल हिमाल आरोहण गर्दा लाग्ने सलामी दस्तुर मिनाहा दिने निर्णय गरेको छ।

 

बैठकले राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा चुडामणि पौडेललाई बढुवा गर्ने निर्णय पनि गरेको छ।

 

मन्त्रालयहरूका नियमित प्रस्रावसहित बैठकले अन्य दर्जनौँ निर्णयहरू गरेको छ ।

Shangri-la Development Bank Ltd.
Nepali patro