सुनको मूल्य ह्वात्तै घट्यो

1.6K
shares

काठमाडौं।नेपाली बजारमा बिहीबार नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य आज भने घटेको छ । सुनको मूल्य आज १ हजार ३०० ले घटेको हो । बिहीबार एकैदिन २ हजार ६ सयले बढेको थियो ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला १ लाख २६ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भइरहेको छ । यस्तै बिहीबार चाँदीको भाउ भने तोलामा ५५ रुपैयाँले घटेको छ । अघिल्लो दिन तोलाको १ हजार ५५५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ५ सयमा कारोबार भइरहेको छ ।

civil hospital
Hams Hospitals