१२ नासु अधिकृतमा बढुवा, हेर्नुहोस्

काठमाडौं।बढुवा सिफारिस समितिले उर्जा मन्त्रालय मातहतका १२ कर्मचारीहरुलाई अधिकृत तहमा बढूवाका लागि सिफारिस गरेको छ । समितिको हिजो बसेको बैठकले जेष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा हुने बढुवाका लागि नेपाल इञ्जिनियरिङ सेवा,सिभिल समूह,इरिगेसन उपसमूहबाट १० जना नायब सुव्वा तहका कर्मचारीलाई अधिकृतमा बढुवा सिफारिस गरिएको छ ।

 

 

जसमा नरेश माझी,जयराज भण्डारी,राजेश्वरी कुवर,कर्णबहादुर रोकाया,तारा कम्डेल,विमला बूढाथोकी,मिलन भट्टराई,बिरेन्द्र कुमार महतो,रामचन्द्र नेपाल र अमरेन्द्र कुमार मण्डल रहेका छन् ।

 

 

यस्तै,हाइड्रोलोजी उपसमूहबाट चेत नारायण आचार्य र मेटेरियोलोजी उपसमूहबाट सन्तोष भट्टराई बढुका लागि सिफारिस भएका छन् ।

Shangri-la Development Bank Ltd.
Nepali patro