गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था समस्याग्रस्त घोषणा

Ghorahi cement

काठमाडौं । सरकारले गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले उक्त सहकारीलाई मंगलबार समस्याग्रस्त घोषणा गरेको हो । कुलेश्वरमा मुख्य कार्यालय रहेको गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालक करीब ५ हजार बचतकर्ताको साढे ५ अर्ब रुपैयाँ फिर्ता गर्न बाँकी छ । दुई दशकदेखि सञ्चालनमा रहेको र विभिन्न ठाउँमा शाखा कार्यालयसमेत खोलेको यो सहकारी सञ्चालकले बचतकर्ताको पैसा फिर्ता गर्न नसकेपछि सरकारले यसलाई पनि संकटग्रस्त घोषणा गरेको हो ।

 

‘सहकारी ऐन, २०७४ को दफा १०४ को उपदफा (१) को खण्ड (क) देखि (च) सम्मको अवस्था विद्यमान रहेको देखिएकोले सहकारी विभागका रजिष्ट्रारको प्रस्ताव सहितको सिफारिसमा सोही ऐनको दफा १०४ को उपदफा (२) बमोजिम उक्त सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरी संस्थाको सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानी सम्बन्धी कार्य गर्न समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा पठाइएको छ,’ मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।

सहकारीका अध्यक्ष रामबहादुर गौतम विभिन्न राजनीतिक शक्तिका आडमा अहिलेसम्म पन्छिदै आएका थिए । सहकारी रहेको भवनमा एभरेस्ट बैंकले शिल गरेको छ । सहकारी विभागको सिफारिसमा संस्थालाई समस्याग्रस्त घोषणा गरेको विभागले जारी गरेको सूचनामा उल्लेख छ । गौतमश्री सहकारी संस्थाले सहकारी ऐन, नियम, मूल्य र मान्यता विपरीत कार्य गरी बचतकर्ता सदस्यको बचत फिर्ता नगरेको पाईएपछि सहकारी ऐन अनुसार समस्याग्रस्त घोषणा गरेको मन्त्रालयले जनाएको छ ।

Shangri-la Development Bank Ltd.
Nepali patro