‘सहकारी प्रकरणमा मेरो नामबाहेक केही छैन’’: गृहमन्त्री रवि लामिछाने

Ghorahi cement

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले सहकारी प्रकरणमा आफ्नो नामबाहेक केही पनि नभएको दाबी गरेका छन् । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बुधवारको बैठकमा बाेल्दै उनले यस्तो बताएका हुन् ।

 

उपप्रधानमन्त्रीसमेत रहेका गृहमन्त्री लामिछानेले भने, ‘एउटा सहकारीमा मेरो नाम जोडिएको छ । यसमा म यति मात्र भन्न चाहन्छु की जहाँ मेरो नाम छ भनिएको छ त्यहाँ मेरो नामबाहेक केही पनि छैन । न हस्ताक्षर छ न ल्याप्चे छ, न मैले कुनै निवेदन दिएको छु, न मेरो सामान्य केवाइसी भरिएको छ ।’

 

आफ्नो सामान्य केवाइसी समेत नभरिएको उनले दाबी गरेका छन् । ‘अदालतमा समेत मुद्दा दर्ता भएको छ, ती मुद्दामा कुनै पनि ठाउँमा रवि लामिछाने भनेर नाम उल्लेख छैन, जाहेरी बाहेक अरू केही जानकारी छैन’, उनले भने ।

Shangri-la Development Bank Ltd.
Nepali patro