नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ भिड्दै आज

काठमाडौँ । नेपाल ‘ए’ले पहिलो टी-२० अभ्यास खेलमा आज आयरल्यान्ड ‘ए’सँग खेल्दैछ । खेल दिउँसो १ बजे टीयु क्रिकेट मैदानमा सुरु हुनेछ ।

 

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीच समान तीन टी २० र एक दिवसीय सिरिज हुनेछ । आयरल्यान्ड ‘ए’ नेपालको सिनियर टोलीसँग दुवै खेलमा पराजित भएको थियो । सिनियर टोली भने आज फ्रेन्डसिप कप खेल्न भारततर्फ जाँदैछ ।

 

 

 

नेपालको कप्तानी विनोद भण्डारी र आयरल्यान्डको निल रकले गर्नेछन् । एसीसी प्रिमियर कप र टी–२० विश्वकप अघि युवा खेलाडीलाई ‘ए’ टोलीमा सानदार प्रदर्शन गर्दै सिनियर टोलीको ढोका खोल्ने अवसर हुनसक्छ ।

 

नेपाल ‘ए’को टी–२० टोलीमा सिनियर टोलीबाट खेलेका विनोद, लोकेश बम, देव खनाल, पवन सरार्फ, आरिफ शेख, बसिर अहमद लगायतका खेलाडी छन् ।

Shangri-la Development Bank Ltd.
Nepali patro