लेखापालसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Ghorahi cement

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लेखापालसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

 

सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा जनज्योति माध्यमिक विद्यालय, दाङका तत्कालीन लेखापाल चूडामणि पोख्रेल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगदीश चौधरीविरुद्ध मुद्दा दायर गरिएको हो ।

 

 

 

विद्यार्थीहरूबाट निजी श्रोत शिक्षकलाई तलब खुवाउने बहानामा विभिन्न शीर्षकमा चर्को शुल्क लिई अनियमितता गरेको अख्तियारको दाबी छ ।

 

पोख्रेलविरुद्ध आठ लाख बयानब्बे हजार दुई सय सतसठ्ठी रुपैयाँ सत्तरी पैसा र चौधरीविरुद्ध दुई लाख बीस हजार रुपैयाँ बिगो कायम गरिएको छ ।

Shangri-la Development Bank Ltd.
Nepali patro