महालेखापरीक्षकमा राष्ट्रिय तथ्यांक कार्यालयका सचिव तोयम राय सिफारिस

काठमाडौं।महालेखापरीक्षकमा राष्ट्रिय तथ्यांक कार्यालयका सचिव तोयम राय सिफारिस भएका छन् ।संवैधानिक परिषद्काे आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले रायलाई ६ वर्षे कार्यकालका लागि महालेखापरीक्षकमा सिफारिस गरेको हो ।

 

राय हाल तथ्यांक कार्यालयका सचिवका रुपमा कार्यरत छन् । संवैद्यानिक परिषद्को आज बिहान बसेको बैठकले रायलाई ६ बर्ष कार्याकालका लागि सिफारिस गरेको हो ।

प्रमुख महालेखा निरीक्षक टंकमणी शर्मा घर गएसँगै ११ महिनादेखि महालेखा परीक्षकको कार्यालय प्रमुख बिहिन थियो । झण्डै ११ महिना पछि उक्त कार्यालयले प्रमुखका रुपमा तोयम रायलाई पाएको छ ।

 

 

 

७ जेठ २०८० मा महालेखापरीक्षक टंकमणि शर्माको कार्यकाल सकिएपछि महालेखापरीक्षकको कार्यालय नेतृत्वविहीन भएको हो । २ भदौसम्म १६ जनाले महालेखापरीक्षक बन्न दाबी गरेका छन् । त्यसरी दाबी गर्ने १६ मध्ये १२ जना सरकारी कर्मचारीहरू नै हुन् ।

 

संविधानको धारा २४० अनुसार, महालेखापरीक्षकका लागि व्यवस्थापन, वाणिज्यशास्त्र वा लेखामा स्नातक गरी वा चार्टर्ड एकाउन्टेन्सी परीक्षा उत्तीर्ण गरी नेपाल सरकारको विशिष्ट श्रेणीको पदमा काम गरेका वा लेखा परीक्षणसम्बन्धी काममा कम्तीमा २० वर्षको अनुभव प्राप्त गरेको व्यक्ति हुनुपर्नेछ ।

Shangri-la Development Bank Ltd.
Nepali patro