लेखा अधिकृत र इन्जिनियरसहित छ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

1.5K
shares

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य निर्देशनालयका निर्देशक चन्द्रदेब मेहता, लेखा अधिकृत, इन्जिनियरसहित छ जना विरुद्ध मुद्दा दायर गरेको छ।

 

स्वास्थ्य सामाग्री खरिदमा बढी कबोल गर्ने कम्पनीलाई ठेक्का दिएको आरोपमा स्वास्थ्य निर्देशनालय धनकुटाका तत्कालीन निर्देशक चन्द्रदेब मेहतासहित छ जना विरुद्ध मुद्दा दायर गरिएको हो ।

 

 

 

आयोगले विशेष अदालत काठमाडौँमा स्वास्थ्य सामाग्री खरिदका लागि गरिएको आह्वानमा तीनवटा बोलपत्र दर्ता हुन आएकोमा तीनवैटलाई अस्वीकृत गर्नुपर्नेमा बढी कबोल गर्नेलाई ठेक्का दिएको भन्दै मुद्दा दायर गरेको हो।

 

विशेष अदालतका प्रवक्ता नरहरि घिमिरेका अनुसार तेस्रो हुने र पहिलो हुने फर्महरूले गरेको कवोल रकमको अन्तर २ करोड ८ लाख ६६ हजार ५० रुपैयाँ छ। आयोगले त्यति नै रकममा बिगो कायम गरेको हो।

 

आयोगले निर्देशक मेहता, हाइ डिपेण्डेन्सी युनिट (एसडियु) खरिद मुल्यांकन समितिका सदस्य तथा प्रदेश स्वास्थ्य व्यवस्थापन केन्द्रका बायोमेडिकल इन्जिनियर कुशल दाहाल, एसडियुको उपकरण खरिद मूल्यांकन समितिका सदस्य स्वास्थ्य निर्देशनालयका लेखा अधिकृत डण्डरसिंह विश्वकर्मा, खोप अधिकृत उदेश कुमार श्रेष्ठविरुद्ध मुद्दा दायर गरेको हो।

 

सामान उपलब्ध गराउने हस्पिटिक इन्टरप्राइजेज प्राइभेट लिमिटेडका तीनकुने र त्यसका व्यवस्थापनक मनोजकुमार आचार्यलाई पनि विपक्षी बनाएको छ।

civil hospital
Hams Hospitals