बैंकबाट लिएको सबै ऋण तिर्छु: दुर्गा प्रसाई

1.3K
shares
Shine resunga department bank

काठमाडौं । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंले अब आफूले बैंकको ऋण तिर्ने बताएका छन् । आइतबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले हालसम्म बैंकको ऋण नतिरेको भए पनि अब आफूले लिएको सबै ऋण तिर्ने प्रतिवद्धता गरेका हुन् ।झापास्थित बीएण्डसी मेडिकल कलेजको सम्बन्धन पाउने सर्वोच्चको आदेशपछि खुसी व्यक्त गर्दै उनले अब मेडिकल कलेज सञ्चालन गरेर बैंकको अण पनि तिर्ने बताएका हुन् ।

 

‘मेडिकल कलेजले सम्बन्धन पाएको छ, अब म बैंकको पैसा तिर्छु, मैले बैंकको पैसा तिर्दिनँ भनेको छैन, ७ प्रतिशतको ब्याज किन १७ प्रतिशत बनायौँ भनेर मात्रै प्रश्न गरेको हो,’ उनले भने ।उनले आफ्नो अभियान भने नरोकिने बताएका छन् । उनले अब मेडिकल पनि सँगै सञ्चालन गर्ने र अभियानलाई पनि तीव्रता दिने बताएका छन् ।

 

 

सबै संरचना निर्माण भएपनि बिर्तामोडस्थित बीएण्डसी मेडिकल कलेजले सम्बन्धन पाउन सकेको थिएन । तर, सर्वोच्च अदालतले बीएण्डसी मेडिकल कलेजलाई सम्बोधन दिन आदेश दिएपछि उनी खुसी भएका छन् ।उनले विभिन्न बैंकको ५ अर्बभन्दा बढी ऋण तिर्न बाँकी छ । उनले हालसम्म बैंकको किस्ता पनि तिर्न सकेका छैनन् । बैंकरहरूका अनुसार प्रसाईंले ग्लोबल आइएमई, कुमारी र प्रभु बैंकबाट एक/एक अर्ब रुपैयाँ ऋण लिएका छन् भने नबिलबाट ७६ करोड, राष्ट्रिय वाणिज्यबाट ७० करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकबाट ६५ करोड, लुम्बिनी विकास बैंकबाट १५ करोड र गुडविल फाइनान्सबाट १० करोड रुपैयाँ ऋण लिएको खुलेको छ । तर, यी सबै बैंकले उनको किस्ता रोकिरहेका छन् भने लिएको ऋण पनि तिर्न ताकेता गरिरहेका छन् ।

 

बैंकले साँवा ब्यउाज तिर्न ताकेता गरिरहेका बेला उनले भने बैंक तथा वित्तीय संस्थाको ऋण नतिर्न भन्दै अराजक अभियान नै अगाडि बढाएका छन् । उनले २० लाखभन्दा कम ऋण मिनाहा गर्नु पर्ने माग अगाडि सारेका छन् । तर, अन्ततः उनी अब ऋण तिरेर अगाडि बढ्ने योजनामा पुगेका हुन् ।

Can