फेसबुकमा कमेन्ट गरेको निहुँमा प्रधानाध्यापकले कुटे विद्यार्थी

19.9K
shares
Nabil bank

काठमाडौं।फेसबुकमा कमेन्ट गरेको निहुँमा झापामा विद्यार्थीमाथि कुटपिट भएकाे छ।झापाको कमल गाउँपालिका-५ पाडाजुंगीस्थित मंगलमय माध्यमिक विद्यालयका प्रधानाध्यापक मोहन बगाले थापाले आफ्नै एक जना छात्रालाई कुटपिट गरेका हुन्।

 

कमल-५ राधाकृष्ण टोल निवासी सो विद्यालयको कक्षा ११ मा अध्ययनरत छात्रा निर्जला बाँस्कोटालाई प्रअ बगालेले कुटपिट गरेका हुन्।कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि भाइरल बनेको छ।

 

सामाजिक सञ्जालमा घटना सार्वजनिक भएपछि गाउँपालिका प्रमुख, प्रधानाध्यापक बगाले, व्यवस्थापन समिति अध्यक्ष, बाल संगठनका प्रतिनिधिसहित बसेर घटनाबारे छलफल भएको पालिकाका शिक्षा शाखा प्रमुख सूर्य न्यौपानेले बताए ।

 

‘फेसबुकमा हेडसरलाई गाली गरेर लेखेको एउटा स्ट्याटस थियो । त्यसमा मैले थोरै भएन र ? भनेर कमेन्ट गरेकी थिएँ,’ भिडियोमा निर्जलाले भनेकी छन्, ‘त्यतिको आधारमा मंगलबार अफिसमा बोलाएर हेडसरले खानेपानीको नालाले खुट्टामा हान्नुभयो।’

 

प्रअ बगालेले ती विद्यार्थीलाई कुटपिट गरी अब उप्राप्त यस्ता कार्य नगर्न सचेत गराउँदै परिवारलाई कागज गराई जिम्मा लगाएका थिए।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x