यसपटकको बजेट निर्माण अलि समावेशी खालको र अलि वस्तुपरक बनाउने: अर्थमन्त्री पुन

Ghorahi cement

 

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले यस वर्षको बजेट निर्माण सरकारको नीति तथा कार्यक्रमसँग नबाझिने गरी ल्याउने बताएका छन् ।

 

काठमाडौंमा आइतबार आयोजित ‘पूर्व बजेट छलफल आर्थिक वर्ष २०८१–८२’ कार्यक्रममा उनले यस्तो बताएका हुन् । तीन महिनाअघि नै संसदमा बजेट विनियोजनको सिद्धान्त र प्राथमिकतामाथि छलफल भएर आवश्यक सुझावहरू पनि आइसकेको भन्दै सरकारको नीति तथा कार्यक्रमसँग नबाझिने र आगामी मौद्रिक नीतिसँग मिलाएर लैजाने प्रयास भइरहेको उनले प्रष्ट्याए ।

 

उनले भने, ‘बजेट निर्माणको क्रम छ । म सुरु मै भन्न चाहन्छु यसपटकको बजेट निर्माण अलि समावेशी खालको र अलि वस्तुपरक बनाउने प्रयास भएको छ । अहिले तीन महिना पहिले नै बजेट विनियोजनको सिद्धान्त र प्राथमिकता माथि छलफल संसदमा भएर आवश्यक सुझावहरू पनि आइसकेको छन् । त्यसलाई सरकारको नीति तथा कार्यक्रमसँग नबाझिने गरी लैजाने कोसिस भइराखेको छ । त्यसपछि आउने मौद्रिक नीतिसँग मिलाएर लैजाने प्रयास भएको छ ।’

 

अर्थमन्त्री पुनले गत वर्षमा कुनै राष्ट्रिय दल विशेषको नजिकबाट नीति, कार्यक्रम र बजेट र आएको भन्ने टिप्पणी बिडम्वना रहेको बताए । यस वर्षको बजेट विनियोजनमा विगतको कमजोरीलाई दोहोरिन नदिने दाबी उनले गरे ।

 

उनले भने, ‘गत वर्ष विडम्बना जस्तो पनि साझा टिप्पणीहरु भए । कुनै राष्ट्रिय दल विशेषको नजिकबाट नीति कार्यक्रम बजेट र त्यसपछि मौद्रिक नीति अर्को आस्थाबाट आएको जस्तो टिप्पणी गरिए । यो हाम्रो कमजोरी पक्ष हो । यसलाई सच्याउन यस वर्ष प्रयत्नहरू भइरहेको छ ।’

Shangri-la Development Bank Ltd.
Nepali patro