घुस रकम सहित इन्जिनियर अख्तियारको नियन्त्रणमा

Ghorahi cement

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डेढ लाख रुपैयाँ घुससहित पोखराबाट सब-इन्जिनियरलाई नियन्त्रणमा लिएको छ । पोखरा महानगरपालिकामा कार्यरत इन्जिनियर उषा किरण रोकायालाई नियन्त्रणमा लिएको हो ।

 

घर निर्माण सम्पन्न प्रमाणपत्र दिने नाममा लिएको घुस रकमसहित उनलाई नियन्त्रणमा लिइएको अख्तियारको कार्यालय पोखराका प्रमुख आस्मान तामाङले बताए ।

 

 

 

तामाङका अनुसार अख्तियारले उनलाई नगदसहित नियन्त्रणमा लिएको हो । उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

Nepali patro