काँग्रेस सरकारमा हुँदा सहकारी प्रकरणमा प्रश्न उठेका व्यक्तिको किन छानबिन भएन: महेश बर्तौला

Ghorahi cement

काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले काँग्रेस सरकारमा हुँदा सहकारी प्रकरणको छानबिन अगाडि नबढाएको विषयमा काँग्रेसमाथि नै छानबिन गर्नुपर्ने बताएका छन् ।

 

बुधवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रमुख सचेतक बर्तौलाले काँग्रेस सरकारमा हुँदा सहकारी प्रकरणमा प्रश्न उठेका व्यक्तिको किन छानबिन भएन भनेर प्रश्न गरे।

 

 

 

उनले सरकारमा हुँदा किन अनुसन्धान गरिएन भन्दै काँग्रेसको नियतमाथि अनुसन्धान गर्न समिति बनाउनुपर्ने बताए । उनले काँग्रेसले सरकारबाट बाहिरिने बित्तिकै प्रतिशोध साँधेको समेत बताए ।

 

‘संसद् विधिबाट स्थापित मान्यताबाट चल्छ । स्थापित विधि र मान्यतालाई धज्जी उडाउँदै प्रमुख प्रतिपक्षले यसरी संसद्का महत्त्वपूर्ण बिजनेसहरू, महत्त्वपूर्ण कामहरूलाई अवरोध गर्ने गरी जे कामहरू गरिराख्नुभएको छ । विधि स्थापित गर्ने ठाउँबाट विधिलाई सत्यनाश गर्ने, विधिलाई समाप्त पार्ने काम हुँदैछ । यो दुःखद् कुरा हो, ‘उनले भने, ‘प्रमुख प्रतिपक्षले आफ्ना आन्दोलनका रूपहरूलाई बदल्नुपर्छ । सांसदको कानून बनाउने मुख्य अभिभारा वा जिम्मेवारी अवरोध नगर्नका लागि प्रमुख प्रतिपक्ष दल काँग्रेसलाई आग्रह गर्न चाहन्छु ।’

 

उनले काँग्रेस सरकारमा हुँदा पट्टी बाँधेर बसेको, र बाहिर आउने बित्तिकै प्रश्न उठाउन थालेको बताए ।

Nepali patro