आज चैत ३० गते शुक्रबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस्

Ghorahi cement

 

मेष – ARIES

चु, चे, चो, ला, लि, लु, ले, लो, अ

प्रारम्भमा खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। टाढा बस्ने आफन्तसँगको सम्पर्कले मनमा आनन्द मिल्नेछ। मंगलवारदेखि प्रतिष्ठित काम गर्ने मौका प्राप्त हुनेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन्। रोकिएको काम बन्नेछन्। धेरैलाई प्रभावित बनाउन सकिनेछ। राेकिएका धेरै काम सम्पादन हुनेछन्। नयाँ कामको जिम्मेवारी सम्हाल्नुपर्ला। सप्ताहान्तमा विशेष उपहारका साथै धनलाभ हुने सम्भावना छ। स्राेत–साधन जुट्नाले आयस्राेत सबल बन्नेछ।

 

वृष – TAURUS

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

प्रारम्भमा विशेष अवसर जुट्नुका साथै मनग्य आम्दानी हातलागी हुनेछ। पछिसम्म फाइदा हुने काम प्रारम्भ हुन सक्छ। मंगलवार र बुधवार भने अनियन्त्रित खर्च पनि हुनेछ। परिस्थितिवश अर्थ अभाव देखा पर्नाले चिताएको काममा बाधा पुग्नेछ। तर टाढाका साथीसँग सम्बन्ध विस्तार गर्न सकिनेछ। बिहीवारदेखि स्थितिमा सुधार आउनाले प्रतिष्ठित कामको अवसर प्राप्त हुनेछ। विशिष्ट व्यक्तिहरूसँग निकटता बढ्न सक्छ। रमाइलो जमघटमा सहभागी भइनेछ। अर्थलाभ हुनाले भौतिक साधन जुटाउन सकिनेछ।

 

मिथुन – GEMINI

का, कि, कु, घ, ङ, छ, के, को, ह

प्रारम्भमा एकपछि अर्को अवसर आउनाले काममा व्यस्तता बढ्नेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। पदासीन व्यक्तिसँग निकटता बढ्नेछ। आफन्त र साथीभाइबाट काममा सहयोग मिल्नेछ। लगनशीलताले लाेकप्रियता पनि दिलाउन सक्छ। आम्दानीका स्रोतहरू बढ्नेछन् भने मनग्य धन संग्रह हुनेछ। बिहीवारपछि फजुल खर्च एवं आर्थहानि हुने सम्भावना छ। समयमा होसियार नबन्दा मालमत्ता हराउने र काममा बाधा पुग्ने देखिन्छ। यात्रा केही कष्टपूर्ण हुनेछ। सप्ताहान्तमा भने स्थितिमा सुधार आउनेछ।

 

कर्कट – CANCER

हि, हु, हे, हो, डा, डि, डु, डे, डो

सुरुमा केही चुनाैतीसँग जुध्नुपर्ला। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। काम बिग्रने चिन्ताले सताए पनि मंगलवारदेखि स्थितिमा सुधार आउनेछ। आँटले काम लिन सकिनेछ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरू समेत नजिकिनेछन्। राजनीतिक र सामाजिक प्रभाव बढ्नेछ। व्यापार बढ्नेछ। पेसा–व्यवसायमा मनग्य फाइदा उठाउन सकिनेछ। नाम, दाम र इनाम हातपार्ने समय छ। दिगो कामसमेत सुरु गर्ने मौका छ। आयस्रोत थपिनुका साथै सप्ताहान्तमा लाभांश पनि बढ्नेछ।

 

सिंह – LEO

मा, मि, मु, मे, मो, टा, टि, टु, टे

प्रारम्भमा अवसरका लागि चुनौतीसँग लड्नुपर्ला। अस्वस्थताबीच कामको बोझ थपिन सक्छ। नियमित काममा बाधा पुग्नेछ। ईर्ष्या गर्नेहरू बढ्नेछन् भने काम गरेर पनि जस नपाइने समय छ। अरूका लागि रकम र समय खर्चनुपर्ला। बिहीवारदेखि स्थितिमा सुधार आउनाले केही समस्या समाधान हुनेछन्। मिहिनेत गर्दा काममा आंशिक सफलता मिल्नेछ र सामान्य फाइदा उठाउन सकिनेछ। सप्ताहान्तमा विश्वासपात्रबाट भने धाेका पाइने सम्भावना छ, स्वार्थका लागि साइनाे गाँस्नेहरूबाट सावधान रहनुहाेला।

 

कन्या – VIRGO

टो, प, पि, पु, ष, ण, ठ, पे, पो

प्रियजनसँगको भेटघाटले सुरुआत रमाइलो रहने देखिन्छ। रमाइलाे यात्राका बीच आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। पेसा–व्यवसायमा पनि फाइदा हुनेछ। मंगलवारदेखि स्वास्थ्यमा कमजाेरी, काममा बाधा, अधिक खर्च, नाेक्सानी जस्ता समस्या देखापर्नेछन्। केही अप्ठ्यारो परिस्थितिसँग सम्झौता गर्नुपर्ला। तापनि सप्ताहान्तमा स्थितिमा सुधार आउनेछ। स्वास्थ्य कमजोर रहे पनि मिहिनेत गर्दा सफलताको सूत्र पत्ता लगाउन सकिनेछ। समस्या दर्साउँदा सहयोगीहरू जुट्नेछन् र काममा आंशिक सफलता मिल्नेछ।

 

तुला – LIBRA

र, रि, रु, रे, रो, ता, ति, तु, ते

सुरुमा आँटले काम बन्नेछन्। मिहिनेत परे पनि पुरुषार्थी काम बन्नाले जोश–जाँगर बढ्नेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। मिहिनेतले अवसर दिलाउनेछ भने प्रतिद्वन्द्वीहरू पछि पर्नेछन्। सरल जीवनशैलीले अरूलाई प्रभावित बनाउन सकिनेछ। नयाँ क्षेत्रमा हातहाल्न सकिनेछ। व्यावसायिक काममा राम्राे फाइदा हुनेछ। रमाइलाे यात्रा एवं भेटघाट समेत हुनेछ। व्यापार बढ्नेछ र पेसा–व्यवसायमा बुधवारसम्म मनग्य फाइदा हुनेछ। सप्ताहान्तमा भने अस्वस्थता र संघर्षमय परिस्थिति सामना गर्नुपर्ने देखिन्छ।

 

वृश्चिक – SCORPIO

तो, ना, नि, नु, ने, नो, या, यि, यु

सुरुमा पेटको मौसमी गडबडीले सताउन सक्छ, खानपानमा सजग रहनुहोला।अध्ययनमा धेरै समय दिन नसकिए पनि लगनशीलताले गुमेको प्रतिष्ठा दिलाउन सक्छ। मंगलवारदेखि स्थितिमा सुधार आउनेछ। मिहिनेतले आम्दानीको दिगो स्रोत जुट्न सक्छ। प्रतिभाद्वारा धेरैलाई उछिन्न सकिनेछ। आँटले काम लिन सकिनेछ। व्यापार र उद्योगमा फाइदा हुनेछ। व्यवसायका लागि यात्रा गर्ने अवसर जुर्न सक्छ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको गाँठो कसिने सम्भावना छ। सप्ताहान्तमा भने स्वास्थ्यबाधा र धन खर्च हुनेछ।

 

धनु – SAGITTARIUS

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

प्रारम्भमा घरेलु कामकाजमा अलमलिनुपर्ला। व्यर्थैमा आफन्तसँग असमझदारी बढ्नेछ भने साथीभाइ टाढा हुनेछन्। आफ्नाे उपलब्धिमा अरूले दाबी गर्न सक्छन्। खानपानकाे असावधानीले स्वास्थ्य बिग्रन सक्छ। अध्ययनमा धेरै समय दिन नसक्दा पछि परिनेछ। तापनि बिहीवारदेखि स्थिति अनुकूल बन्नाले कामका बाधाहरू हट्नेछन्। आर्थिक पक्ष सबल बन्नाले भौतिक साधन जुटाउन सफल भइनेछ। व्यापारमा मनग्य फाइदा हुनेछ। सप्ताहान्तमा विभिन्न अवसर प्राप्त हुनेछन् र दैनिकीले उचाइको बाटो समाउनेछ।

 

मकर – CAPRICORN

भो, ज, जि, खि, खु, खे, खो, गा, गि

प्रारम्भमा रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। नयाँ उद्योग वा विशेष काम सुरु गर्ने अवसर जुट्नेछ। आर्थिक समस्या देखिए पनि भौतिक साधनहरू जुटाउन सकिनेछ। मंगलवारदेखि पारिवारिक असमझदारीले केही समस्या निम्त्याउन सक्छ। आफ्नैले समेत विद्राेह गर्न सक्छन्। स्वास्थ्य कमजोर रहनाले अध्ययनमा समेत ध्यान दिन नसकिएला। आँट गर्न नसक्दा काममा पछि परिनेछ। तापनि सप्ताहान्तमा स्थिति अनुकूल बन्नेछ भने बुद्धिले लक्ष्यमा पुर्याउनेछ। पहिलेका कमजोरीमा समेत सुधार ल्याउन सकिनेछ।

 

कुम्भ – AQUARIUS

गु, गे, गो, सा, सि, सु, से, सो, द

सुरुमा आलोचकहरूले बाधा पुर्याउन सक्छन्। स्वास्थ्य कमजोर रहनेछ भने अध्ययनमा त्यति समय दिन नसकिएला। शुभचिन्तकहरू टाढा हुनाले पनि दु:ख पाइनेछ। मंगलवारदेखि सहयोगीले साथ दिनेछन्। विशेष अवसर प्राप्त हुनाले दिगो फाइदा हुने काम शुभारम्भ हुन सक्छ। पुरुषार्थ देखाएर लाभ उठाउने समय छ। बिहीवारदेखि भने पारिवारिक समस्याले सताउन सक्छ। आफन्तको सहमति नजुट्नाले काम राेकिन सक्छ। तापनि, सप्ताहान्तमा स्थिति अनुकूल बन्नेछ र काममा सुधारका संकेत देखापर्नेछन्।

 

मीन – PISCES

दि, दु, थ, झ, ञ, दे, दो, च, चि

प्रारम्भमा इच्छाशक्ति बढ्नाले महत्त्वाकांक्षी काम सुरु हुनेछ। आँटले काम लिँदा लक्ष्यमा पुगिनेछ। व्यक्तित्व निखार्ने अवसर जुट्नेछ। पारिवारिक भेटघाटले रमाइलो माहोल रहनेछ। तर अस्वस्थताका बाबजुद काममा ध्यान दिनुपर्ने समय छ। केही चुनौती सुल्झाएर मात्र अघि बढ्न सकिनेछ। लगनशीलताले स्थितिमा सुधार भने आउनेछ। मिहिनेतले प्रतिष्ठा दिलाउनेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन्। कामका बाधाहरू हट्नेछन्। आर्थिक पक्ष सबल बन्नाले भौतिक साधन जुटाउन सफल भइनेछ।

Nepali patro