सम्पत्ति शुद्धीकरण मुद्दामा न्यौपानेलाई एक वर्ष कैद

Ghorahi cement

काठमाडौँ । विशेष अदालतले सम्पत्ति शुद्धीकरण कसुरमा दोषी ठहर भएका रिडी पावर कम्पनीका तत्कालीन अध्यक्ष गुरुप्रसाद न्यौपानेलाई एक वर्ष कैद र करिब चार करोड रुपैयाँ जरिवाना तोकेको छ ।

 

सम्पत्ति शुद्धीकरण मुद्दामा गुरुप्रसाद न्यौपानेलाई एक वर्ष कैद र चार करोड जरिवाना विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले तोकेको अदालतका प्रवक्ता धन बहादुर कार्कीले जानकारी दिए ।

 

 

 

न्यौपानेलाई आइतबार १ करोड ९९ लाख १० हजार २ सय ५२ रुपैयाँ बिगोको दोब्बर जरिवाना हुने गरी ३ करोड ९८ लाख २० हजार ५ सय ४ रुपैयाँ जरिवाना र २ वर्ष कैद सजाय तथा बिगो कायम गरिएको रकम बराबरको सम्पत्ति जफतको फैसला गरेको हो अदालतले बनाएको छ । ।

 

न्यौपाने जेष्ठ नागरिक भएको कारण देखाउँदै विशेषले ठहर भएको दुई वर्ष कैदलाई ५० प्रतिशत मिनाहा गरी एक वर्ष मात्र कायम हुने पनि आदेश गरेको छ ।

 

अध्यक्ष न्यौपानेले उक्त कम्पनीको सेयर पदमा बहाल रहँदाकै बखत ०७७ चैत १९ देखि ०७८ साउन २४ सम्म खरिद बिक्री गरेको र उनले धितोपत्रसम्बन्धी ऐन ०६३ को दफा ९१ बमोजिमको भित्री कारोबार गरेको देखिएकाले उक्त कसुरमा मुद्दा दर्ता भएको थियो ।

Shangri-la Development Bank Ltd.
Nepali patro