नेपालले साउदी अरेबियालाई हराउँदै सेमिफाइनलमा

Ghorahi cement

काठमाडौं । ओमनमा जारी एसीसी प्रिमियर कपमा नेपालले साउदी अरेबियालाई ६ विकेटले पराजित गरेको छ । साउदी अरेबियाले दिएको ७४ रनको लक्ष्य पछ्याएको नेपालले ७ ओभर २ बलमा ४ विकेट गुमाएर पूरा गर्यो ।

 

 

 

नेपालका लागि गुल्सन झाले सर्वाधिक ३२ रन जोडे । कप्तान रोहित पौडेल १६, दीपेन्द्रसिंह ऐरी १७, आसिफ शेख २, कुशल मल्ल २ र कुशल भुर्तेल शुन्य रनमा आउट भए । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको साउदी अरेबियाले निर्धारित ८ ओभरमा ७ विकेट गुमाएर ७३ रन बनाएको थियो ।

 

साउदी अरेबियाका लागि अब्दुल वाहिदले सर्वाधिक ३७ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङमा नेपालका करण केसी र अभिनास बोहराले दुईदुई, प्रतिश जिसी र ललित राजवंशीले एकएक विकेट लिए ।

 

वर्षाका कारण तोकिएको समयमा खेल हुन नसकेपछि ओभर छोट्याएर खेल खेलाइएको थियो ।

 

यससंगै नेपालले समूह चरणमा शतप्रतिशत जित निकालेको छ । नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेट, दोस्रो खेलमा कतारलाई ३२ रन र तेस्रो खेलमा हङकङलाई ८ विकेटले पराजित गरेको थियो ।

Shangri-la Development Bank Ltd.
Nepali patro