सुनको मूल्य घट्यो

Ghorahi cement

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । प्रतितोला एक लाख ३९ हजार २ सय रुपैयाँ पुगेको सुनको मूल्य आज ६ सय रुपैयाँले घटेको हो ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ३८ हजार ६ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख ३७ हजार ९५० सय रुपैयाँ रहेको छ ।

 

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार ७५० रुपैयाँमा कारोबार भएकोमा आज प्रतितोला एक हजार ७२५ रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।

Shangri-la Development Bank Ltd.
Nepali patro