शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नाफा ५१ करोड ४६ लाख ५९ हजार

Ghorahi cement

काठमाडौं । विकास बैंकहरुको नाफा सामान्य गिरावट आएको छ । हाल संचालनमा रहेका मध्ये राष्ट्रिय स्तरका विकास बैंकको नाफा साढे २ प्रतिशत घटेको छ । बैंकहरुले शुक्रबार प्रकाशित गरेको चालु आर्थिक वर्ष तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । हाल आठ वटा राष्ट्रिय स्तरका विकास बैंक संचालनमा छन् ।चालु आवको ९ महिनामा ती बैंकहरुले ३ अर्ब ५१ करोड ६६ लाख ७६ हजार रुपैयाँ नाफा कमाएका छन् । तर, यो नाफा गत आवको चैत मसान्तसम्मको तुलनामा भने २.५० प्रतिशत कमी हो । गत आवको सोही अवधिमा बैंकहरुले ३ अर्ब ६० करोड ६८ लाख ८५ हजार रुपैयाँ खुद नाफा कमाएको थिए ।

 

सर्वाधिक नाफा कमाउनेको तेस्रो सूचीमा भने शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक देखिएको छ । बैंकले ५१ करोड ४६ लाख ५९ हजार रुपैयाँ नाफा कमाएको छ । तर, यो गत आवको तेस्रो त्रैमासको तुलनामा भने यो ७.१८ प्रतिशत कमी हो । गत आवको सोही अवधिमा भने बैंकले ५५ करोड ४५ लाख रुपैयाँ नाफा कमाएको छ ।

Shangri-la Development Bank Ltd.
Nepali patro