कर्मचारीलाई घण्टैपिच्छे हाजिर गर्न मन्त्री मनाङेको निर्देशन

Ghorahi cement

पोखरा । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले यातायात व्यवस्था कार्यालय कास्कीका कर्मचारीलाई घण्टैपिच्छे हाजिर गर्न निर्देशन दिएका छन् । यातायात कार्यालयको अनुगमन गर्न पुगेका उनले काममा इमान्दारिता देखाउन आग्रह गरेका हुन् ।

 

मनाङेले सेवाग्राहीबाट धेरै गुनासा आएकाले कर्मचारीलाई घण्टैपिच्छे हाजिर गर्ने व्यवस्था गर्न निर्देशन दिए । उनले कार्यालयबाट प्रदान गरिने सेवालाई छिटोछरितो बनाउनसमेत निर्देशन दिए ।

 

 

कार्यालयबाट प्रदान गरिने सेवालाई अनलाइनबाट पाउने व्यवस्था गर्न पनि उनले यातायात कार्यालयका कर्मचारीलाई निर्देशन दिएका हुन् । ‘कार्यालयप्रति जनताको गुनासो धेरै छ । गुनासो नहुने गरिकाम गर्नुस्,’ उनले भने, ‘हरेक घण्टा हाजिर गर्नुस् ।’ यातायात व्यवस्था कार्यालय कास्की प्रमुख डिल्लीराम रिज्यालले केन्द्रीय हस्तक्षेपले प्रदेशमा अनलाइन सेवा दिन नसकेको बताए । अहिले पनि सबै सिस्टम केन्द्रीय हस्तक्षेपमा छ ।

Nepali patro