अबको ५ वर्षमा विप्रेषण आप्रवाह वार्षिक ५.४ % ले वृद्धि हुने प्रक्षेपण

Ghorahi cement

काठमाडौ । आगामी पाँच वर्षसम्म नेपालको विप्रेषण आप्रवाह वार्षिक ५.४ प्रतिशतका दरले वृद्धि हुने प्रक्षेपण गरिएको छ। बजार अनुसन्धान संस्था रिसर्च एण्ड मार्केटले सार्वजनिक गरेको नेपालको अन्तर्राष्ट्रिय रेमिट्यान्स व्यापार र लगानीका अवसर सम्बन्धी अनुसन्धान प्रतिवेदनमा यस्तो प्रक्षेपण गरिएको हो ।

 

संस्थानका अनुसार विप्रेषण अप्रवाह बजारले सन् २०२३ मा ८.४% वृद्धि हासिल गरेको छ। सन् २०२४ मा विप्रेषण आप्रवाह अमेरिकी मुद्रामा ११ अर्ब ५२ करोड अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ। यो प्रक्षेपणका अनुसार २०२४ देखि २०२८ सम्म ५.४% को वार्षिक वृद्धिदरसँग जारी रहने अपेक्षा गरिएको छ। सन् २०२८ मा विप्रेषण आप्रवाह १४ अर्ब २३ करोड अमेरिकी डलर पुग्नेछ।

 

 

प्रतिवेदनका अनुसार नेपालमा विप्रेषण आप्रवाह क्षेत्रको समृद्धिसँग समानान्तर, विप्रेषण विप्रवाह बजार पनि सोही अवधिमा १.७% वृद्धिको अनुभव गरेको छ। २०२४ मा ४१ अर्ब ४० करोड अमेरिकी डलर बराबरको विप्रेषण बाहिरिएको थियो । यस खण्डले १ प्रतिशतको स्थिर वार्षिक वृद्धिदर हासिल गर्ने प्रक्षेपण गरिएको छ। सन् २०२८ सम्म विप्रेषण प्रवाह ४३ अर्ब २० करोड अमेरिकी डलर बराबर पुग्ने प्रक्षेपण गरिएको छ।

Nepali patro