बझाङमा एमालेका दमन भण्डारीले बढाए कांग्रेसका अभिषेक सिंहसँगको मतान्तर 

Ghorahi cement

 

काठमाडौ । बझाङ–१ प्रदेश सभा निर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमन भण्डारीले नेपाली कांग्रेसका उम्मेदवार अभिषेक सिंहसँगको मतान्तर बढाउनु भएको छ ।

कडा टक्करको बिच भण्डारी अघि बढ्नु भएको हो । नेपाली कांग्रेसका उम्मेदवार अभिषेक सिंहलाई पछि पार्दै नेकपा एमाले उम्मेदवार दमन भण्डारी ३ सय ४१ मतले अघि बढ्नु भएको छ ।

भण्डारीले ११ हजार १ सय २ मत ल्याउनुभएको छ । सिंहले १० हजार ७ सय ६१ मत पाउनुभएको छ ।

सुरुवाती मतगणना एमालेका उम्मेदवार भण्डारी अगाडि हुनुहुन्थ्यो । त्यस पछि नेपाली कांग्रेसका सिंह लगातार अगाडि बढ्न भएको थियो । तर मतगणनाको अन्तिमतिर आइपुग्दा भण्डारीले फेरी अग्रता लिनुभएको छ ।

हालसम्मको मतगणनामा नेकपा माओवादी केन्द्रका जनक बुढाले ३ हजार ७ सय ९० मत पाउनु भएको छ । त्यस्तै नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ४ सय ४९ मत ल्याउनु भएको छ ।

अब साइपाल गाउँपालिकाको मात्र मतगणना बाँकी छ ।

Nepali patro