सेवाग्राहीलाई दुःख दिने अधिकृत विभागमा तानिए

Ghorahi cement

काठमाडौं।कागजपत्र सबै पूरा भएको एक सेवाग्राहीलाई अनावश्यक हैरानी दिएको भेटिएपछि एक जना अध्यागमन अधिकृत फिर्ता तानिएको छ । अध्यागमन कार्यालय त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कार्यरत एक अध्यागमन अधिकृतले सेवाग्राहीलाई अनावश्यक सास्ती दिएको भेटिएसँगै उनलाई विभागमा फिर्ता ल्याइएको हो ।

 

 

भिसा, श्रम स्वीकृति लगायत आवश्यक डकुमेन्टहरू हुँदाहुँदै पनि बिना कारण दुःख दिने नियतले फिर्ता गरेको प्रकरणमा अध्यागमन अधिकृत विभागमा तानिएका हुन ।

 

 

कुवेत जान लागेकी एक सेवाग्राहीलाई अधिकृत हरिकृष्ण बुढाथोकीलाई विना कारण अफलोड गरेको भेटिएसँगै उनलाई अध्यागमन विभागमा फिर्ता बोलाइएको हो ।

 

अधिकृतको ज्यादतीविरुद्ध ती सेवाग्राहीले गृह मन्त्रालयमा उजुरी दिएकी थिइन । भिसा, श्रम स्वीकृति लगायत आवश्यक डकुमेन्टहरू हुँदाहुँदै पनि बिना कारण दुःख दिने नियतले फिर्ता गरेको भन्दै ती महिलाले गृह मन्त्रालयमा निवेदन दिएसँगै गृहले ती अधिकृतसँग यसबारेमा सोधपुछ गर्दा चित्त बुझ्दो जबाफ नदिएपछि उनलाई विभागमा तानिएका गृह मन्त्रालयले जनाएको छ ।

Nepali patro