म षडयन्त्रको शिकार भएँ : सन्दीप लामिछाने
वि.सं.२०८१ वैशाख १९ बुधवार
19.5K
shares
shares
काठमाडौँ । सन्दीप लामिछानेले आफू षड्यन्त्रको शिकार भएको बताएका छन् । उनले सामाजिक सन्जालमार्फत आफू षड्यन्त्रको शिकार भएको लेखेका हुन् ।
‘मैले लामो समय पोस्ट गर्नबाट आफूलाई टाढा राखेँ । म षड्यन्त्रको शिकार भएकोमा मलाई कुनै शङ्का छैन । यस षड्यन्त्रमा आफ्नो भूमिका खेल्ने सबैलाई भगवानले आशीर्वाद दिउन् । म सबै कुरा भगवानमा छोड्छु । सत्यतथ्य बाहिर नआएसम्म समयले बताउनेछ’, उनले लेखेका छन् ।
सन्दीप बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौँबाट दोषी ठहर भएका छन् ।
जिल्लाको फैसलामाथि उनले गरेको पुनरावेदन उच्च अदालतमा विचाराधीन छ ।
Subscribe
0 Comments
Oldest
































