तीन महिना पनि टिक्दैनन् एसपी

Ghorahi cement

काठमाडौं।प्रहरी प्रधान कार्यालयले सिराहा र इलामका प्रहरी प्रमुख परिवर्तन गरेको छ ।

 

 

इलामका एसपी वासुदेव खतिवडा र सिराहाका एसपी सन्तोष आचार्यलाई फिर्ता बोलाइएको हो । सिराहामा रमेश पण्डितलाई पठाइएको छ । इलाममा कसलाई पठाउने टुंगो लागिसकेको छैन ।स्थानीय बिचौलिया नरेश साहसँग मिलेर गैरव्यवसायिक गतिविधिमा लागेको आरोपमा सिराहाका एसपी आचार्यमाथि प्रहरी प्रधान कार्यालयले छानविन थालेको छ ।

 

 

उनको एसपी आचार्यसँग पनि निकटता देखिएको स्रोत बताउँछ । साहको मोबाइलका आधारमा छानविन सुरु भएको छ ।एसपी आचार्य तीन महिनाअघि मात्र सिराहा सरुवा भएका हुन् ।

Nepali patro