Nepal Automobile Importers and Manufacturers Association (NAIMA)

प्रभु बैंक र फार्म हाउस होटलबीच छुट सम्झौता

1.2K
shares

काठमाडौं । मनाङमा अवस्थित फार्म हाउस होटल र प्रभु बैंक लिमिटेडबीच आफ्ना कर्मचारी तथा ग्राहक लक्षित गरी उपलब्ध सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।फार्म हाउस होटेलतर्फबाट प्रोप्राइटर समराज गुरुङ, र प्रभु बैंक लिमिटेड तर्फबाट, बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन् ।

 

सम्झौता अनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूले बैंकको डेबिड/क्रेडिट कार्ड तथा बैकंको अन्य कुनै विद्युतीय माध्यमद्वारा बिल भुक्तानी गर्दा फार्म हाउस होटलमा उपलब्ध आवास, खाना र मनोरञ्जन लगायतका सेवाहरूमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।एग्रो मनाङ प्रा.ली.द्वारा सञ्चालित फार्म हाउस होटल विगत पाँच वर्षदेखि सञ्चालनमा आएको मनाङ जिल्लाकै सुविधा सम्पन्न होटेलको रूपमा परिचित पाइन्छ ।

 

 

त्यसैगरी, ग्राहकहरूको रोजाइको अग्रणी बैङ्कको रूपमा रहेको तथा हालसालै ‘बैंक अफ द इयर २०२३’ को उपाधिबाट सम्मानित प्रभु बैंक लि.को नेपालभर ३०२ शाखा कार्यालयहरु, २८५ एटीएम साथै ७० भन्दा बढी एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लख भन्दा बढी ग्राहकहरूलाई ‘विश्वास लिन्छौँ विश्वास दिन्छौँ’ मूल नाराका साथमा बैङ्किङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रूपमा अगाडि बढिरहेको छ ।

civil hospital
Hams Hospitals