सन्दिप लामिछानेलाई भिसा नदिएपछि अमेरिकी दूतावास घेर्ने तयारी

17.2K
shares
Nabil bank

काठमाडौं।क्रिकेटर सन्दीप लामिछानेलाई विश्वकप खेल्न जान आवश्यक भिसा नदिएको विरोधमा राप्रपाका नेता तथा सांसद ज्ञानबहादुर शाही नेतृत्वको टोलीले काठमाडौँस्थित अमेरिकी दूतावासले घेराउ गर्ने भएको छ ।

 

आज अपरान्ह आयोजित पत्रकार सम्मेलनमा शाहीले लामिछानेलाई भिसा दिलाउन दवाब दिने उद्देश्यले दूतावास घेराउ गर्न लागेको जानकारी दिए । भोलि दिउँसो १ बजे माइतीघरबाट जुलुससहित महाराजगञ्जस्थित अमेरिकी दूतावास पुग्ने र शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने जानकारीसहित उपस्थितिका लागि अपिल गरेका छन् ।

 

अमेरिका विश्वकप क्रिकेट आयोजक राष्ट्र भएकाले नेपाली खेलाडीलाई रोक्ने अधिकार उसलाई नहुने जनाउँदै शाहीले लामिछानेले भिसा नपाए सरकारले अमेरिकी राजदूतलाई नै फिर्ता पठाउनुपर्ने बताए ।

 

पत्रकार सम्मेलनमा स्वःघोषित सामाजिक अभियन्ता निकोलस भुसाल, राप्रपा युवा संगठन अध्यक्ष कैलाश कटुवाल, शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्कालगायत उपस्थित थिए ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x