प्रचण्ड र खनालबीच भेटवार्ता, यस्तो भयो छलफल

15.3K
shares
Nabil bank

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ । बिहीबार बिहान बालुवाटारमा उनीहरूबीच भेटवार्ता भएको हो ।

 

बिहान ९ बजेदेखि करिब ४५ मिनेट भएको भेटवार्तामा समसामयिक राजनीतिक विषयमा छलफल गरिएको खनालको सचिवालयले जनाएको छ । संघीय र प्रदेश सरकारलाई सुदृढ बनाउँदै लैजाने विषयमा छलफल भएको बताइएको छ ।

 

 

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बुधबार (हिजो) नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा विपक्षी दलको बैठकमा सहभागी भएका थिए । मधेस सरकारको विश्वासको मतका विषयमा नेपालसहित विपक्षी दलका नेताहरूबीच छलफल गरिएको नेताहरूको भनाइ छ । नेता नेपाल हिजो बूढानीलकण्ठ पुगेपछि प्रधानमन्त्रीले खनालसँग छलफल गरेका हुन् ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x