एकीकृत समाजवादी सत्ता गठबन्धनबाट बाहिर नजानेमा आफू विश्वस्त: प्रधानमन्त्री प्रचण्ड

1.2K
shares

काठमाडौं।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादी सत्ता गठबन्धनबाट बाहिर नजानेमा आफू विश्वस्त रहेको बताउनुभएको छ ।

 

नेकपा एसका अध्यक्ष माधव नेपाल हिजो विपक्षी गठबन्धनको बैठकमा सहभागी भएपछि सत्ता समीकरण छोड्न लागेको चर्चा भैरहँदा प्रधानमन्त्रीको यस्तो प्रतिक्रिया आएको हो । आज बिहान मात्रै आफूसँग कुराकानी हुँदा नेपालले समीकरण बाहिर नजाने विश्वास दिलाएको उहाँले बताउनुभयो ।

 

 

‘माधवजी अलि पहिलेदेखि नै उता पनि, यता पनि दुबैतिर जोडिनेजस्तो देखिएको त थियो । तर,अहिले बिहान मेरो कुरा हुँदाखेरि माधवजीले यो समीकरण भन्दा बाहिर छैन र हुन्न भन्ने कुरामा क्लियर गर्नुभएको छ’, प्रधानमन्त्रीले भन्नुभयो ।

 

मधेस प्रदेशमा पनि नेकपा एस समीकरण भन्दा बाहिर नहुने उहाँको दाबी छ ।

civil hospital
Hams Hospitals