नेपाल प्रहरीका चार डीएसपी एसपीमा बढुवा सिफारिस(सूचीसहित)
वि.सं.२०८१ जेठ १९ शनिवार
1.8K
shares
shares
काठमाडौँ । नेपाल प्रहरीका चार प्रहरी नायब उपरीक्षक(डीएसपी) हरूलाई प्रहरी उपरीक्षक(एसपी) मा बढुवाको लागि सिफारिस गरिएको छ ।
प्रहरी महानिरीक्षक(आइजिपी) वसन्त बहादुर कुँवरको अध्यक्षतामा बसेको बढुवा समिति बैठकले डीएसपी प्रदीप बहादुर क्षेत्री, नारायण रन्जितकार, अनन्तराम शर्मा र एकनारायण कोइरालालाई एसपीमा बढुवा सिफारिस गरेको हो ।

२०६१ जेठ १५ मा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका चारै जना अधिकृत बरीयतामा अगाडी रहेका थिए ।



























